गोर्खा सहिदहरुको सम्झना गर्दै पुर्खा दिवस मनाईयो

0 951

काठमाडौँ – गोर्खा सहिदहरुको सम्झना गर्दै पुर्खा दिवस मनाएको छ । राजधानीको ललितपुर सातदोबाटो स्थित खेलकुद परिषदको प्राङ्गनमा पहिलो पुर्खा दिवस मनाएको हो । गोर्खा सेमिस्ट्रिज ट्रष्ट नेपाल द्धारा आयोजित पुर्खा दिवस कार्यक्रममा विश्व युद्धको जिउदो सहिद ९६ बर्षीय मानविर लिम्बुको उपस्थितिमा पुर्खा दिवस मनाइएको हो । लिम्बु सन् १९४१ मा गोर्खा सैनिकमा भर्ती भइ विभिन्न देशहरूमा दोश्रो विश्व युद्ध लडेर,सन् १९७३ मा गोर्खा सेना बाट सेवा निवृत भएका थिए। कार्यक्रममा शसस्त्र प्रहरीका पूर्व आइजीपी दुर्जकुमार राईलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

गोर्खा सिमेट्रिज ट्रष्टका अध्यक्ष महेन्द्र कुमार राईले पुर्खाको सम्झना स्वरुप आयोजित कार्यक्रममा उपस्थित सवै प्रति आभार ब्यक्त गरेका थिए । अध्यक्ष राईले अप्रिल ५ लाई पुर्खा दिवस मनाउन संसार भर रहेका सम्पूर्ण नेपाली भाषी गोर्खाहरुको कर्तब्य समेत रहेको बताए । अप्रिल ५ का दिन मलेसिया,हंगकंग, सिंगापुर लगायतका देशहरुमा पुर्खा दिवस मनाईदै आईएको छ ।

कार्यक्रममा पुर्खा दिवसको सम्मान स्वरुप विद्यार्थी, स्काउट टोलीले सलाम र श्रद्धाञ्जली गीत गाएका थिए भने कराते खेलाडीहरुको टोलि समेत उपस्थिति रहेको थियो । कार्यक्रममा अल्ट्रा धावाकी मिरा राई, राष्ट्रिय गानका रचनाकार ब्याकुल माइला लगायत सयौको उपिस्थिति रहेको थियो ।

 

Loading...