सङ्घीय समाजवादी फोरम नेपाल मेचीनगर अध्यक्षमा ओमप्रकाश खापुङ चयन
मेचीनगर – सङ्घीय समाजवादी फोरम नेपाल मेचीनगर अध्यक्षमा ओमप्रकाश खापुङ चयन भएका छन् । काँकरभिट्टा निवासी युवा नेता खापुङ अध्यक्ष पदमा पुनःचयन भएका हुन् ।
समाजवादी फोरम मेचीनगरको बुधबार इटाभट्टामा सम्पन्न प्रथम नगर अधिवेशनबाट उपाध्यक्षमा धनकुमार राई तथा मीरा कार्की, सचिवमा पवनलाल मेचे, सहसचिवमा मानध्वज लिम्बु र कोषाध्यक्षमा उमा लिम्बु चयन भएका छन् । सदस्यहरुमा रामकुमार राउत, खिरबहादुर थापा, गुणराज राई, तरुण राई, रत्न लिम्बु, नरेश विक, भूपेनकुमार चेम्जोङ, गजेन्द्र लिम्बु, टिका लिम्बु, कुमार राना मगर, अमर लिम्बु, अइन्द्र सेलिङ, सन्तोष योङ्या, सन्तवीर मगर, जीवन किसान सहितको ३१ सदस्यीय समिति गठन भएको छ ।
अधिवेशनको उद्घाटन सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय वरिष्ठ नेता अशोक राईले गरेका थिए । उनले मुलुकमा गणतन्त्र आए पनि राजनीतिक परिवर्तन भने खासै हुन नसकेको बताए । अबको वैकल्पिक शक्तिको रुपमा समाजवादी फोरम उदाएको दाबी गर्दै नेता राईले पार्टीलाई मजबुत बनाउन मेचीनगरबाट अभियान सुरु भएको उद्घोष गरे ।
सोही अवसरमा मेचीनगर पार्टीको भवनको शिलान्यास पनि गरिएको छ । मेचीनगर–७ का उमेशकुमार थापाले एक कठ्ठा जग्गा पार्टीलाई भवन बनाउन प्रदान गरेका छन् । पार्टीका प्रदेश नम्बर १ सदस्य केवलराम राईले स्वागत गरेको कार्यक्रमको सञ्चालन युवा नेता दिलिप लिम्बुले गरेका थिए ।
ईमेचि डटकम बाट