“फुलै फुलको बगैचामा’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक
काठमाडौ – नेपाली आधुनिक गीत “फुलै फुलको बगैचामा’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । काठमाडौमा एक कार्यक्रमको आयोजना गरेर उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
कार्यक्रमको अध्यक्ष, संच कुमारी तामाङ्ग, तामाङ्ग चलचित्र संघ नेपालको अध्यक्ष, कार्यक्रमको प्रमुख अतिथि विकु थोकर,विकास ब्लोन, मान बहादुर तामाङ्ग, धावा फिन्जु तामाङ्ग, जेबी ब्लोन,डीबी दोङ्ग,दिपक लामा,दिनेश मुस्कान, लगायतको उपस्थितिमा उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो ।
हेमन्त शिशिर र पुर्णिमा लामाको स्वर रहेको उक्त गीतको शब्द रचना भने गणेश बाबु बिकले गरेका हुन् । यो गीतको संगीत पनि हेमन्त सिशिरले नै गरेका हुन् ।
दिनेश मुस्कानको छायांकन र निर्देशन रहेको यो गीतको म्युजिक भिडियोलाई प्रियंका फ्लिम्सले गरेको छ । सानो हाबिकले ड्रोन चलाएको म्युजिक भिडियोमा कलाकार तथा निर्देशक विनायक तामाङ्ग र जमुना मोक्तानले अभिनय गरेका छन् ।
म्युजिक भिडियो यहाँ हेर्नुहोला