मेघना मगर अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक
काठमाडौ – चर्चित मोडेल तथा कोरियोग्राफर मेघना मगर अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। “पानि पर्यो” बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको हो ।
गायक प्रकाश लामा र लाक्पा शेर्पाको स्वरमा रहेको यो गीतको म्युजिक भिडियो निक्कै राम्रो बनेको छ । प्रकाश लामाकै शब्द संगीत रहेको यो गीतको एरेन्ज भने बोब्बी घोतानीले गरेका हुन् ।
ओम प्रसाईको छायांकन रहेको यो म्युजिक भिडियोमा मोडेल मेघना मगरले नै कोरियो ग्राफ पनि गरेकी छन् भने निशान घिमिरेले सम्पादन र ससान घिमिरेले निर्देशन गरेका हुन् ।
यो गीतको म्युजिक भिडियोमा मोडेल मेघना मगरलाई मेघना मगरकै डान्स कल्चरका डबल युडि डान्सिङ्ग ग्रुपले साथ् दिएका छन् ।
म्युजिक भिडियो यहाँ हेर्नुहोला