गौँथली चरीका साथ निरू र तेजेन्द्र (भिडियोसहित)

0 930

काठमाडौ –  चर्चित गायक तेजेन्द्र गन्र्धव र गायिका निरु चौहान ‘गौँथली चरी ए कठै बरी बस्यो कि निदालमा’ बोलको गीत लिएर आएका छन् । पूर्वेली लोकलयमा आधारित उक्त गीतमा प्रदीप तुखेसा रैकर बरीको शब्द र कृष्णभक्त राईको सङ्गीत रहेको छ ।

सङ्गीतकार राईकै संगीत संयोजन रहेको सो गीत ‘भाकाहरू नामक’ युटुब च्यानलबाट सार्वजनिक भएको छ । यो च्यानल युवा गीतकार तथा म्युजिक भिडियो निर्देशक जीवन मुकारुङले आरम्भ गरेका हुन् । भिडियोको निर्देशन, छायांकन तथा सम्पादन मुकारुङ स्वयंको रहेको छ ।

भिडियो यहाँ हेर्नुहोस

Loading...