सुमन राई र शान्ता लिम्बुको “चैतको महिना,गुरासै फूल्यो,घुम्न जाउँ सिलिचुङ्ग” सार्वजनिक

0 665

काठमाडौ – गायक सुमन राई र गायिका शान्ता लिम्बुको स्वरमा “चैतको महिना, गुरासै फूल्यो, घुम्न जाउँ सिलिचुङ्ग” बोलको गीत सार्वजनिक भएको छ । सांस्कृतिक र केहि टिपिकल शब्द रहेको यो गीत पुर्बेली लोक लयमा रहेको छ ।

गीतकार ईन्द्र जिजीबिषाको शब्द रचनामा रहेको यो गीतको संगीत गायक स्वयम् सुमन राईले गरेका छन् । यो गीतको एरेन्ज भने राजु कार्कीले गरेका हुन् । गोबिन्द सोनीले मिक्सिङ्ग र मास्टरिङ्ग गरेको यो गीतलाई सुरेश राईले रेकर्ड गरेका हुन् ।

सार्वजनिक गीतको लिप सिङ्ग भिडियोमा गायक सुमन राई र गायिका शान्ता लिम्बुले नै अभिनय पनि गरेका छन् । सुमन मगरले छायांकन र सम्पादन गरेको यो गीतको लिप सिङ्ग भिडियोलाई सिलिचुङ्ग टिभीले संयोजन गरेको थियो ।

“चैतको महिना गुरासै फुल्यो” गीतको म्युजिक भिडियो

Loading...