“फूल सम्झे फूलै जीवन, काँडा सम्झे काडै जीवन” बोलको म्युजिक भिडियो सार्वजनिक
काठमाडौ – “फूल सम्झे फूलै जीवन, काँडा सम्झे काडै जीवन” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । कुनै पनि चिजलाई राम्रो सोचे राम्रै हुने र नराम्रो सोचे नराम्रै हुने आशयलाई चित्रण गरेर तयार पारिएको यो गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।
गीतकार चन्द्रकला राईको शब्द रचनामा रहेको यो गीतलाई संगीत पनि गीतकार स्वयम् चन्द्रकला राईले नै गरेकी छन् । चन्द्रकला राई एक संचारकर्मी पनि हुन् ।
सार्वजनिक गीत “फूल सम्झे फूलै जीवन, काँडा सम्झे काडै जीवन” मा देबस राईको स्वर रहेको छ । सेण्टिमेण्टल शब्दलाई गीतको भाव अनुसार गायक देबसले कर्ण प्रिय बनाएर न्याय गरेका छन् ।
अश्मि राई र सुनिल राईको अभिनय रहेको यो गीतको म्युजिक भिडियोमा गीतको शब्द भाव अनुसार अभिनय पनि उत्कृष्ट रहेको छ । गीतकार/संगीतकार चन्द्रकला राई स्वयमले म्युजिक भिडियो निर्देशन गरेको यो म्युजिक भिडियोलाई सुमन मगरले छायांकन र सम्पादन गरेका हुन् । ओपेरा रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको यो गीतलाई मणि ताम्लिङ्गले रेकर्ड गरेका हुन् ।
“फूल सम्झे फूलै जीवन, काँडा सम्झे काडै जीवन”को म्युजिक भिडियो