राजेश पायल राई र शुस्मिता राईको स्वरमा “भोजपुरै जिल्ला” बोलको म्युजिक भिडियो सार्वजनिक

0 4,336

इन्द्र जिजीबिषा / काठमाडौ – मेघा स्टार राजेश पायल राई र दृष्टि बिहिन गायिका शुस्मिता राईको स्वरमा रहेको “भोजपुरै जिल्ला” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । पुर्बेली लोक भाकामा रहेको यो गीतले भोजपुर जिल्लाको दक्षिण भेगतिरको बर्णन गरेको छ ।

थामी खुशी भाई र सुखदेव राईको शब्द रचनामा रहेको यो गीतको संगीत भने किरात राई बान्तावा भाषाको गीत गाएर चर्चा पाएका संगीतकार शुखदेव राईले गरेका छन् । एरेन्ज भने दृष्टि बिहिन कलाकार गायक तथा संगीतकार कृष्ण भक्त राईले गरेका हुन् ।

राहुल राईले छायांकन गरेको यो गीतको म्युजिक भिडियोलाई दिनेश काफ्लेले सम्पादन गरेका हुन् । हास्यकलाकार तथा मोडेल फुलन्देको आमा (उमेश राई) मोडेल हन्ना राई , जितेन बान्तावाका थामी खुशी लगायत कलाकारहरुले अभिनय गरेको यो म्युजिक भिडियोलाई दिलिप लामाले निर्देशन गरेका हुन् ।

यो गीतको म्युजिक भिडियो यहाँ हेर्नुहोला

Loading...