“फुलबुट्टे चोली” बोलको म्युजिक भिडियो सार्वजनिक
काठमाडौ – रनु गुरुङ र सागर गुरुङ्गको स्वरमा रहेको “फुलबुट्टे चोली” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । रामु रावतको शब्द रचना तथा संगीतमा रहेको उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । लोकलयमा रहेको गीतको म्युजिक भिडियो पनि उत्कृष्ट रहेको छ ।
सार्वजनिक म्युजिक भिडियोलाई अजय रेग्मीले छायांकन र दिपक बिष्टले सम्पादन गरेका छन् । आरुशी मगर , काजिश श्रेष्ठ र बिनोद गुरुङ, रोशन मगर लगायतले अभिनय गरेको म्युजिक भिडियोलाई काजिश श्रेष्ठले नै निर्देशन पनि गरेका हुन् ।
यो गीतको म्युजिक भिडियो यहाँ हेर्नुहोला