“लाईक यु भन्ने” आईटम गीतको म्युजिक भिडियो सार्वजनिक
काठमाडौ – नेपाली चलचित्र “यथार्त” को “लाईक यु भन्ने” बोलको आईटम गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार निर्मला राईको शब्द रचनामा रहेको उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।
गीतकार निर्मला राईको शब्द रचनामा राज लिम्बु थेगिमले संगीत भरेका हुन् भने दिपा तामाङ्गको स्वर रहेको छ । यो गीतलाई एरेन्ज भने बिनय “केटो” को गरेका हुन् ।
सार्वजनिक म्युजिक भिडियोलाई जीआर राईले छायांकन गरेका हुन् भने, जितु लिम्बुले म्युजिक भिडियोको कोरियोग्राफ गरेका हुन् । दीक्षा लिम्बुको अभिनय रहेको यो म्युजिक भिडियोलाई राज लिम्बु थेगिमले नै निर्देशन पनि गरेका हुन् ।
म्युजिक भिडियो यहाँ हेर्नुहोला