कहाँ मैले गल्ती गरेछु (भिडियोसहित)
काठमाडौँ, ४ पुस २०७५ । दीपक बान्तवा राईको शब्द, संगीत तथा स्वर सजिएको ‘कहाँ मैले गल्ती गरेछु’ बोलको गीतमाथि निर्मित म्युजिक भिडियो युट्युबमार्फत् सार्वजनिक भएको छ ।
गीतमा साहस शाक्यको संगीत संयोजन रहेको छ । म्युजिक भिडियोको निर्देशन गणेश उपाध्यायले गरेका छन् । भिडियोमा कलाकार जीवन थापा, तारा हमाल र आर.के. थापाको अभिनय रहेको छ । छायाँकन तथा सम्पादन मनोज राईले गरेका हुन् ।