रमिलालाई उपचारको लागि काठमाडौ ल्याईयो
सुवास राई / खोटाङ – खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालीकाले मानसिक समस्या भएकि महिलाको उपचारको लागि काठमाडौ ल्याई पुर्याएको छ ।
मानसिक समस्या देखिएपछि केही महिना अघिदेखि खोरमा थुनेर राखिएकी दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरी बासथलाकी ३३ वर्षीया रमिला तामाङलाई गाउँपालिकाको पहलमा उपचारका लागि काठमाडौं ल्याईएको हो ।
पशुलाई सरह खोरमा राखिएकी तामाङलाई गाउँपालिका प्रमुख भुपेन्द्र राईले मंगलबार खोरबाट उद्धार गरी उपचारका लागि काठमाडौं पठाएका हुन्। तत्काल उनका श्रीमान मनीकुमार तामाङलाई अस्पतालसम्म पुर्याउनका लागि १० हजार प्रदान गरि उपचारमा पठाइएको लागि काठमाण्डौ पठाएको गाउँपालिका प्रमुख राईले बताए। गीत गाउने, नाच्ने, मन लाग्दो गर्ने, थालबटुका फाल्ने, खुकुरी बोक्ने, गोरु फुकाइदिने, केटाकेटीलाई लखेट्ने, पिट्ने लगायतका अस्वभाविक क्रियाकलाप देखाइरहेपछि आफन्तले उनलाई खोरमा थुनेर राखेका थिए।
२०७४ साल असार ७ गते टाउको दुखेको बताएकी रमिलामा अस्वभाविक समस्या देखिन थालेको स्थानीयले बताएका छन्। रमिलाको उपचारका क्रममा लाग्ने सम्पूर्ण खर्च गाउँपालिकाले नै बेहोर्नेगरी उपचारमा पठाइएको गाउँपालिका प्रमुख राईले बताए। केही समयअघि उपचारका लागि गत मंसिरमा धरानमा लगिएपनि स्वास्थ्य समस्या हल नभएपछि उनलाई घरैमा फर्काइएको आफन्तको भनाई छ।
समाज सेवि अनिता राईले आफ्नो माइती गाउको यस्तो खवर सुने पछि रामेछाप बाट हेलिकप्टर चार्टर गरेर बास्थला पुगेकी थिइन रमिलाको दयनीय अबस्थामा देखेर गाउका केही व्यक्ति संग उद्दार गर्न भनी कुरा गर्दा कसैले चासो नदेखाएपछि बाध्यता बस अतिता राईले क्षितिज साहित्य पत्रीकाका सम्पादक बिप्लवि तेन्जु योन्जनलाई उक्त बिवरण पेश गरे लगातै मिडिया कर्मीको सहयोग पछि हृदय विदारक फोटो सहित समाचार बाहिरिए पछि चर्को आलोचना तथा उद्दारको लागि माग गर्दै मिडियामा रमिलालाई पशुलाई सरह खोरमा थुनेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको अवस्थामा गाउँपालिकाले उपचार गर्ने जिम्मा लिएको हो। एक महिला खोरमा पशुसरह थुनिएको लामो समयसम्म पनि जनप्रतिनिधिको आँखा नपुगेको भन्दै सर्वत्र आलोचना भएको थियो। उनका एक छोरी र एक छोरा छन्। आर्थिक अवस्था कमजोर भएकै कारण उनलाई सुविधा सम्पन्न अस्पतालमा पुर्याउन नसकिएको परिवारले बताएका छन्। भर्खरै काठमाण्डौ ल्याई पुर्याएको अब उपचारको लागि हस्पिटल भर्ना गरिने जनाएको छ ।