१४४ नेपाली कामदार मलेसियाका जेलमा, मृत्यु दण्ड सम्बन्धि अभियोगमा १६ जना
तिलोचन गौतम / क्वालालम्पुर मलेसिया
मलेसियाका विभिन्न जेलहरुमा २६ नोभेम्बर २०१८ सम्ममा १४४ जना नेपाली कामदार जेल सजाय भोगिरहेको दूतावास श्रोतले जनाएको छ । जस मध्य अध्यगम सम्बन्धि अभियोग लागेका २७ जना काम गर्ने अनुमती पत्र नभएका ४७ जना झै- झगडा तथा चोरी सम्बन्धि ६७ जना , लागू औषध ओसारपसारको मुद्दामा १५ जना,अपहरण मुद्दामा २ जना बालबालिका सम्बन्धि अभियोगमा १ जना, मृत्यु दण्ड सम्बन्धि अभियोगमा १६ जना र राहदानी सम्बन्धि अभियोगमा १ जना रहेका छन् ।
जस मध्य गम्भीर प्रकृतिका मुद्दाहरु प्यानल कोडको कमान्डमा रहेको श्रोतले बताएको छ ।जेलमा पर्नेहरुको सङ्ख्यामा थप घट हुनसक्ने दूतावास स्रोतले जनाएको छ । माथी उल्लेखित सङ्ख्या मलेसियाको (प्रीजन डिपार्टमेन्ट ) केन्द्रीय कारागार बिभाग बाट नेपाली राजदुतावास क्वालालम्पुरलाई नोभेम्बर २६ सम्म आएको जानकारी हो ।
दूतावासका कर्मचारीले समेत जेल गएर बुझ्नलाइ केन्द्रिय कारागार बाट स्विकृति लिनुपर्ने स्वीकृति लिएर मात्रै जान मिल्ने भएकाले समय समयमा केन्द्रिय कारागार बाट प्राप्त तथ्यांक सार्वजनिक गर्दै आएको छ ।
विदेशको जेलमा रहेका नेपालीहरुलाई कानुनी रुपमा प्रतिरक्षा गर्न भन्दै श्रम रोजगार तथा सामाजिक मन्त्रालयले कार्यदल बनाइ वैदेशिक रोजगारीलाई थप ब्यबस्थित र मर्यादित बनाउने उदेश्यले गत जेष्ठमा विभिन्न देशमा रहेका नेपाली नागरिकको कानुनी प्रतिरक्षा गर्ने निर्णय भएको थियो ।
कतिपय देशमा नेपाली नागरिकले कानुनि उपचार पाउन नसक्दा थुप्रै निर्दोष नेपाली नागरीकले समेत जेल जिबन बिताइ रहन परेको भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न देशमा रहेका दूतावासलाई वकिल नियुक्त गर्ने आदेश दिएको थियो ।
नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाले पनि गत जेष्ठ ११मा भारतीय मुलका मुलका खारेन जितलाई नेपाली दूतावासको वकिलमा एक वार्षिय करार सेवामा नियुक्ती दिएको थियो । साधारण प्रकृतिका मुद्दाहरुमा निशुल्क सेवा प्रदान गरिने भएता पनि गम्भीर प्रकृतिका मुद्दा अनि अदालतको सजाय मृत्यु दण्ड धरौटी जस्ता गम्भीर प्रकृतिका मुद्दाहरु भने सेवाग्राही र वकिलको सहमतीमा शुल्क निर्धारण हुने र सेवाग्राही आफैले बेहोर्नु पर्ने तर सुचना दूतावासलाई अवगत गराउनु पर्ने गरि वकिल नियुक्त गरिएको थियो ।
खर्च बेहोर्न नसक्ने बिपन्न कामदारको हकमा दूतावासले प्राथमिकताका आधारमा नेपाल सरकार बाट उपलब्ध बजेटको परिधिभित्र रहेर रकम उपलब्ध गराउने भएको दूतावास स्रोतले जनाएको छ ।
नोभेम्बर २६ /११/२०१८ सम्मको डाटामा मलेसियामा रहेका विभिन्न जेलहरुमा १४४ जना नेपाली नागरिकहरु रहेको र धेरै जसो नेपालीहरुलाइ अध्यागमन मुद्दा ,चोरी ,अबैध धन्दा लागुऔसधि सेबन तथा ओसारपसार झै-झगडाका कारण जेल परेका दूतावास श्रोतले जनाएको छ। गत बर्ष २०१७ को तथ्यांक अनुसार ३१ जना नेपाली कामदार कार्बाहिमा परेका थिए कतिपयको मुद्दा छिनोफानो भै स्वदेश फर्किसकेका छन् भने कतिपय उद्धार भै स्वदेश फिर्ता गराउने तयारी चलिरहेको छ । अघिल्लो बर्षको तुलनामा कार्बाहिमा पर्ने नेपालीको सङ्ख्या बढेको स्रोतले बताएको छ। चालू बर्षको अगस्ट ९ सम्मकै छोटो अबधिमा लागू औषधि प्रयोगकर्ता मात्रै २२ जना उपर कानुनी कार्बाही चलिरहेको थियो ।
विभिन्न मुद्दामा कारागार परेका मध्य अदालतले सुनाएको फैसला बमोजिम सजाय भुक्तान गरि स्वदेश फर्कनको निमित्त विभिन्न १२ वटा घरफिर्ती केन्द्रमा करिब १६९ नेपाली कामदारहरु रहेको तथ्यांक दूतावास संग रहेको एक कार्यक्रममा बोल्दै दूतावासका प्रथम सचीव प्रेम राज गौतमले बताए । जसमध्ये सेपाङमा १५,बुकिट जलिलमा ३४, सिमोनियामा १६, लिमुकमा २८, मलाकामा २२ ,पेराकमा २, जोहोरबारुमा २७, पुलाउ पेनाङमा २२ र केडाहमा ३ रहेका छन् ।
घरफिर्ती केन्द्रमा रहेका नेपाली कामदारलाई दूतावासले एकतर्फी यात्रा अनुमतीपत्र निसुल्क दिने ब्यबस्था समेत गरेको सचिब गौतमले बताए ।घर फिर्ती केन्द्रमा रहेका मानिसका आफन्तहरु बाट केन्द्रमा रहेका उनीहरु फिर्ताको लागि पठाइएको रकम समेत ठगी हुने गरेको गुनासो दूतावासमा आएकोले सिधै दूतावासमा परामर्श लिन सक्ने दूतावास स्रोतले जनाएको छ । मलेसियाको विभिन्न स्थानमा रहेर काम गर्दै आएका नेपाली कामदारहरुलाई अवैधानिक रुपमा काम नगर्न नेपाली राजदुतावास मलेसिया क्वालालम्पुरले अनुरोध गरेको छ । अवैधानिक भएर काम गर्नु आफू असुरक्षित हुने मात्र नभई यहाको अध्यागमन कानुनको समेत उल्लंघन हुने हुँदा यसो नगर्न सुझाव दिदै विभिन्न समय समयमा बिज्ञपति निकालेर सचेत गराइरहेको छ ।
मलेसियामा विभिन्न समयमा अबैधानिक कामदार तथा घरफिर्ती केन्द्रबाट समेत नेपाली ठगीमा पर्दै आएका छन् । ठगि गरेको एथेस्ट सबुत पाउँदा समेत राजदुताबासले दोषीलाई कारवाही गर्न नसकेको भन्दै श्रमिक अगुवाहरुले दूतावास प्रति असन्तुष्ट हुँदै आएका छन् ।