राष्टियता, जनतन्त्र र जनजीविकाको लागि देशभर संघर्षका कार्यक्रम चलाउँछौंः महासचिव बैद्य

0 795

दाङ – नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले वर्तमान सरकारले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको अवस्थामा ध्यान नदिएका कारण समस्या बढेको भन्दै आफ्नो पार्टीले त्यसका विरूद्धमा संघर्षको तयारी गरिरहेको बताएका छन् ।

सोमबार दाङको तुलसीपुरमा रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै महासचिव वैद्यले त्यस्तो बताएका हुन् । मुलुक अहिले सरकारको निति तथा कार्यक्रमका कारण समस्यामा फसेको उनको भनाइ थियो ।

उनले भने-‘भारतले नेपालको सीमा मिच्दा पनि सरकारले केही पहल गरेको देखिएन, यो नाम मात्रको कम्युनिस्ट सरकारले जनतामाथी करको भारी बोकाएको छ, यो व्यवस्थामा यस्तै हुन्छ, तसर्थ हामी त्यसको विकल्प सहित संघर्षमा जाँदैंछौ ।’

उनले-‘भने कतिथ दुई तिहाईको बलियो सरकारले नौ महिनासम्म के के गर्यो, अब जनताले त्यसको हिसाब खोजिसकेका छन, हामी सबै वर्ग, क्षेत्र र समुदायका उत्पीडित जनतालाइ साथमा लिएर जनवादी क्रान्ति गर्छौं, त्यसको विकल्प छैन ।’

पूर्वएमाले र माओवादी केन्द्रको एकता सत्ताका लागि मात्रै भएको भन्दै उनले देश, जनता र राष्टिय स्वाधिनताको पक्षमा सबै सच्चा कम्युनिस्ट पार्टीहरूको एकतामा आफ्नो पार्टीले जोड दिएको बताए ।

उनले नेत्रविक्रम चन्द विप्लव, गोपाल किराती, मोहनविक्रम सिंहलगायतका पार्टीहरूसँग पार्टी एकताको विषयमा छलफल भइरहेको भन्दै सबै क्रान्तिकारी शक्तीहरू एक भएर दलाल व्यवस्थाका विरूद्ध लड्नुपर्ने धारणा व्यक्त गरे ।

सरकारले जनताको पक्षमा केही राम्रो काम गर्न नसकेको भन्दै उनले भने-‘हामी देशभर संघर्षका कार्यक्रम चलाउँछौं, सच्चा कम्युनिस्ट एकतामा हाम्रो पहल छ ।’

Loading...