भाईरल बाल कलाकार र राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुति संगै वृहत सांस्कृतिक कार्यक्रममा सम्पन्न
काठमाडौं – विश्वमानव उत्थान तथा मेलमिलाप संघ र अरुण पोष्ट डटकमको संयुक्त आयोजनामा वृहत सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । सदभाब र मेलमिलापको लागि वृहत सांस्कृतिक कार्यक्रम २०७५ भन्ने मूल नाराका साथ चुम्लुङहिम ललितपुमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा पछिल्लो समय मिडियामा व्यापक चर्चा कमाईरहेका मनिष लिम्बुले आफ्ना र केहि अरुका केहि गीतहरु गाएर दर्शकहरुलाई मनोरन्जन दिएका थिए भने मर्ने कसैलाई रहर हुदैन बोलका गायक प्रेम परियारले पनि आफ्ना गीतहरु गाएर भरपुर मनोरन्जन दिएका थिए । त्यसैगरि अन्य बालकलाकारहरुमा भाईरल वाल गायिका माङ्गेना लिम्बु, प्रसन्न पाठक, बिक्रम कार्कीले पनि गीतहरु गाएर मनोरन्जन दिएका थिए ।
राष्ट्रिय कलाकारहरुमा चर्चित मुन्धुमी गायक ब्रब्रिम शेर्मा, कञ्चन थलङ,गंगा फियाक,तिर्सना नेम्बाङ,एकान्त आङदेम्बे,एबी लिम्बु,तुलशा आङदेम्बे, दिपा सुहाङ ,प्रदेश लिम्बुले गीतहरु गाएर दर्शकहरुलाई मनोरन्जन गराएका थिए भने नायिका निशा पोमुले जुम्बा डान्स र डान्सर रेखा राईले बेली डान्स मार्फत दर्शकहरुलाई नचाएका थिए ।
कार्यक्रममा (एफ एण्ड एफ कृउ)को हिपपप ग्रुप डान्स र सोनिया लिम्बु र नुमा लिम्बुको पनि प्रस्तुती रहेको थियो । कार्यक्रम बिशेष गरि पछिल्लो समय मिडियामा भाईरल बाल कलाकारहरुको प्रतिभाको विकाश र प्रमोसनको उदेश्य राखि कार्यक्रम गरिएको प्रचारविभाग संयोजक लोकेश लिबाङले बताए ।