आजभोलि पल पल जिन्दगानी मुस्किलमा छ

0 728

 

आजभोलि पल पल जिन्दगानी मुस्किलमा छ
बग्न बाँकी केही याद परेलीको डिलमा छ

चिठीमा त केवल मैले मुस्कान मात्र पठाएकि
छिट्टै आउ हे परदेशी घाउ भित्र दिलमा छ

बितेका ती दृश्यहरू कहाँ खसे कहाँ लुके
छैन अन्धकार भित्र न त जूनको झिलमिलमा छ

दूर हुँदा भोगाईमा अपूर्णता मात्रै रह्यो
पूर्ण जीवन केवल एक अर्काको हाँसिलमा छ

©पवित्रा राई, ओखल्ढुङ्गा

Loading...