मनको सुन्दर मान्छेलाई
मेरो हृदयको
सब भन्दा प्रिय मान्छे
यस अर्थले सम्बोधन “तिमी”
तिमी र मैले
संग संगै हिडेको भूगोल
संग संगै बाँचेको समय
त्यहि समय र भूगोलका
अंशहरुले हामीलाई
छुन खोजि रहन्छ यदाकदा
दुरीको हिसाबले
तिमी र म साच्चै
अब कहिल्यै संगै हुन्नौ
तै पनि
सायद पर्खि रहन्छ होला
बुकी फुलाउने पाखाहरुले
लुकामारी खेल्ने भञ्ज्याङहरुले
मुटुलाई सुम्सुम्याउदै बहने
ति मौन बतासहरुले
कुरी रहन्छ होला
हाम्रो संयोगलाई युग युगान्तर सम्म
मैले बाँचेको
यो सुदुर वस्तीबाट
तिमीलाई चराको सुमुधुर
आवाजहरु पठाई दिउँ लाग्छ
अनि
पठाइ दिउँ लाग्छ
पहाडि खोलाका धुनहरु
र मनको भित्रि बहमा
पोको पारेर राखेको
ति सबै सबै सगुनहरु
ए मेरो मान्छे !
मत अभावै अभाव र
उल्झानहरुको सगरमाथा
छिचोल्न नसकेर
तिम्रा ति सफलताको
फेदीमा छु कसो गरूँ ?
एन भुसुक्कै भुलेछु
तिमी सम्म आइ पुग्दा त
यो जिन्दगीको समय पनि
घर्की सक्छ होला सायद
त्यसैले त तिमीलाई यो जिन्दगीको
सबै भन्दा मिठो सम्झनाको
एकहुल कोशेली
जतन साथ पठाई दिएकी छु
स्विकार्नु ल ………….
शोभा “सर्वदा”कोयु
इलाम बाँझो ५