किमसम राईको निर्देशनमा “तिम्रो हातले” म्युजिक भिडियो सार्वजनिक
काठमाडौ – मोडेल तथा निर्देशक किमसम राईको निर्देशनमा “तिम्रो हातले” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । थुप्रै म्युजिक भिडियोमा मोडलिङ्ग गरीसकेका मोडेल किमसम राई पछिल्लो समयमा म्युजिक भिडियो तिर व्यस्त बन्दै गएका छन् ।
बुद्ध राईको स्वर तथा संगीतमा रहेको यो गीत अत्यान्तै मिठो बनेको छ । मित्र राईको शब्द रचनामा रहेको यो गीतको एरेन्ज भने सहाश शाक्यले गरेका हुन् । सिंगापुर पुलिसमा कार्यरत मित्र राई पछिल्लो समयमा गीत-संगीतको क्षेत्रमा सक्रिय बन्दै गएका छन् ।
अहिलेका व्यास्त मोडेल रेखा फागो लिम्बु र गीतकार मित्र राईकै अभिनय रहेको म्युजिक भिडियोमा महेश गोदारले कोरियोग्राफ गरेका छन् भने म्युजिक भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । अर्जुन तिवारीले छायांकन गरेको म्युजिक भिडियोलाई किमसम राईले निर्देशन गरेका हुन् ।
म्युजिक भिडियो यहाँ हेर्नुहोला