राजेश पायल राईको “हावा संगै मन उड्यो” म्युजिक भिडियो सार्वजनिक

0 2,589

काठमाडौ – आभा एराको प्रस्तुतीमा राजेश पायल राईको “हावा संगै मन उड्यो” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । शिमुराको शब्द रचनामा रहेको यो गीतलाई चर्चित गायिका आभा मुकारुङ्गले संगीत गरेकी हुन् ।

राजेश पायल राई नेपाली गीत संगीतको क्षेत्रमा मेघा स्टारको रुपमा चिनिएका छन् । ७ हजार भन्दा धेरै गीत गाई सकेका राजेश पायलको यो गीत पनि अत्यान्तै मिठो बनेको छ ।

“कता हिडेको? कसलाई खोजेको ?” बोलको सर्वाधिक चर्चित गीत गाएर चर्चाको शिखरमा पुगेकी आभा मुकारुङ्गको सयौ हिट गीतहरु छन् । पछिल्लो समयमा अमेरीकामा बस्दै आएकी आभा मुकारुङ्ग नेपाली गीत संगीतलाई अमेरीकाबाटै  निरन्तरता दिदै आएकी छन् ।

चर्चित एरेन्जर फणिन्द्र राईको एरेञ्ज (संगीत संयोजन) रहेको यो गीतको म्युजिक भिडियो गायिका/ संगीतकार आभा मुकारुङ्गकै युट्युब च्यानल आभा एरा बाट सार्वजानिक गरीएको हो । सौगात राईको भिडियो कन्सेप्टमा तयार भएको गीतलाई पर्पल स्टुडियोका सुमन खड्काले रेकर्ड गरेका थिए भने, मिक्सिङ्ग र मास्टरिङ्ग भने दिपेश प्रधानले गरेका हुन् ।

भिडियो यहाँ हेर्नुहोला 

Loading...