Browsing Category

समाचार

इन्भर्टर र जेनेरेटरको ब्यापार बढ्यो

काठमाडौं- ९ असोज । खुमलटारस्थित ललितपुर ऊर्जा विकास प्रालिका सञ्चालक राजन न्यौपाने पछिल्ला दुई साता इन्भर्टर र ब्याट्रीको ब्यापार देखेर चकित छन् । नहुन् पनि किन ? पछिल्ला केही वर्षहरुमा संस्थागत कार्यालयहरुमा टेन्डर हालेर व्यापार गर्दै आएको कम्पनीमा आजभोलि काउन्टरबाटै बिजनेस हुन थालेको छ । न्यौपानको अनुभवमा इन्भर्टर र ब्याट्रीको ब्यापार विगतको तुलनामा दोब्बर बढेको छ । ‘हामी पहिला सोलारको ब्यापार बढी गर्थ्यौं । लोडसेडिङ हटेपछि त्यसको ब्यापार सुक्यो । कार्यालयहरुलाई इन्भर्टर र ब्याट्री बेच्न बढी केन्द्रित भयौं’ उनी भन्छन्,…

चलचित्र “हिडदा हिडदै”काे निर्माण घाेषणा संगै शुभ मुर्हत

काठमाडौ - कोरोना भाइरसको महामारीको कारण बिगत सात महिना यता चलचित्र सम्बन्धी औपचारिक कार्यक्रम हुन नसकिरहेकाे अवस्थामा सात महिनापछि पहिलाेपटक प्रेमकथानक चलचित्र “हिडदा हिडदै”काे निर्माण घाेषणा गरिएकाे छ । राजधानीमा सोमबार पत्रकार सम्मेलन गरेर चलचित्रको निर्माण घाेषणा संगै शुभ मुर्हत गरिएको हो । असाेजकाे दाेस्राे साताबाट छायांकन शुरु गरिने यस चलचित्रमा आकाश श्रेष्ठ, सलोन बस्नेतका साथमा नवनायिका रेखा शाह मुख्य भूमिका रहनेछन् । नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यस चलचित्रलाई मिलन आले मगरले निर्देशन…

प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त

काठमाडौं - नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त भएका छन् । कार्यकारी निर्देशक कुलमान घिसिङ ४ वर्षे कार्यकाल पूरा गरी बाहिरिएसँगै कोइरालालाई निमित्त कार्यकारी निर्देशक बनाइएको हो । कोइरालालाई उर्जामन्त्री वर्षमान पुनले मंगलबार निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको मन्त्रालय स्रोतले बताएको छ । कोइराला यसअघि नेपाल विद्युत प्राधिकरणको उपकार्यकारी निर्देशक (१२ औं तह) मा कार्यरत थिए ।

तीन सहसचिवलाई राजदूत नियुक्तीका लागि सिफारिस गर्ने निर्णय

काठमाडौँ । सरकारले विभिन्न देशका लागि राजदूत नियुक्तीका लागि परराष्ट्र मन्त्रालयका सहसचिवलाई सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले वेल्जियम, युरोपियन युनियन, पाकिस्तान र जर्मनीका राजदूत नियुक्तीका लागि सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए । परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारीलाई वेल्जियम र युरोपियन युनियन, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्कालाई…

सरकारले नेपालको नयाँ नक्सा ल्याएकोमा माओवादी केन्द्रद्धारा स्वागत (विज्ञप्तीसहित)

दिनेश कुमार श्रीवास्तव काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले लिपुलेक, लिम्पियाधुरा, कालापानी समेत जोडेर सरकारले नयाँ नक्सा सार्वजनिक गरेको विषयलाई सकारात्मक भन्दै स्वागत गरेको छ । सरकारले हिजो भारतद्धारा अतिक्रमण गरिएका ति भूमिहरु समेत नेपालको नक्सामा समेटेर सार्वजनिक गरेपछि माओवादी केन्द्रका महासचिव कर्णजीत बुढाथोकीले आज एक विज्ञप्ती जारी गर्दै त्यस्तो बताउका हुन । माओवादी केन्द्रका महासचिव बुढाथोकीले जारी गरेको उक्त विज्ञप्तीमा माओवादी आन्दोलन, राष्ट्रवादी देशभक्त आन्दोलन र नागरिक आन्दोलनको कारण नेपाल सरकारले उक्त नयाँ…

लिपुलेकमा भारतीय अतिक्रमण विरूद्ध माओवादी केन्द्र सडकमा उत्रियो

कैलाली । भारतले नेपालीभूमि लिपुलेक अतिक्रमण गरी मानसरोवर जोड्ने सडक निर्माण गरेको विरोधमा सुदूरपश्चिममा नेकपा (माओवादी केन्द्र) लकडाउन तोड्दै सडकमा उत्रीएको छ । नेकपा (माओवादी केन्द्र) द्धारा गठित कोरोना प्रकोप प्रतिरोध व्यवस्थापन कार्यदम सुदूरपश्चिम प्रदेशको आयोजनामा हिजो कैलालीको लम्कीमा त्यस्तो सडक आन्दोलन भएको हो । विश्वभर कोरोना संकट रोकथाम तथा व्यवस्थापनको चिन्ता बढ्दै गर्दा भारतले नेपाली भूमि अतिक्रमण गर्नु र त्यसमा सरकारको मैनता देखिएका कारण देश बचाउन आफुहरू लकडाउन तोडेर सडकमा उत्रीन बाध्य हुनुपरेको माओवादी…

ककनी गाउँ पालिका वडा नं ५ मा स्वास्थ्य सामाग्री वितरण

विचारी चाम्लिङ्ग / नुवाकोट - मानविय संवेदनालाई मध्यनजर गर्दै ककनी गाउँ पालिका वडा नं ५ का वडा अध्यक्ष राम लामाले आफ्ना वडा बासीहरुलाई कोरोना भाइरस नाम दिएको कोभिड-१९ बाट सक्रमित नहोस भनेर वडा बासीहरुलाइ सचेत गराउन जनचेतना मुलक एक भेलाको आयोजना गरेका छन् । कोरोना भाइरसका कारण हाल विश्व नै आतंकित भईरहेको अवस्थामा सम्पुर्ण मानवहरु मिलेर कोरोना विरुद्ध लड्न एक हुनुपर्ने राम लामाले बताएका छन् । उनले आफ्ना वडा बासिहरुको लागी एक हजार थान माक्स,दुइसय वटा साबुन र केहि पिपीइ र सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्रीहरु समेत वितरण गरेका…

राजधानीमा बस्दै आएका उदयपुरका विद्यार्थी र मजदुरहरुलाई राहत स्वरुप खाद्यान्न वितरण

काठमाडौ - कोरोना भाइरस (कोभिड -१९) को संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले आहृवान गरेको लकडाउनका कारण समस्यामा परेका ५० परिवारलाई राजधानीमा खाद्यान्न वितरण गरिएको छ । काठमाडौंको गङ्गबु, टोखा बुढानिलकण्ठ, भङ्गाल, कपन, महाराजगन्ज, चाबहिलमा बसोबास गर्दै आईरहेका उदयपुरका विद्यार्थी र मजदुरहरुका ५० परिवारलाई खाद्यान्न वितरण गरिएको हो । विहिबार अनेरास्ववियुका विद्यार्थी नेता शैलेस लामाको अगुवाईमा उनीहरुको बासस्थानमै पुगेर चामल, पिठो, दाल र नुन् वितरण गरिएको हो ।कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै…

टिभी फिल्मी’मा अब दैनिक चार चलचित्र

काठमाडौ - ‘टिभी फिल्मी’ले अब दैनिक चार वटा नेपाली चलचित्र देखाउने भएको छ । ‘टिभी फिल्मी’ले १३ गते बिहिबारबाट दैनिक चार पटक फरक–फरक चलचित्र देखाउन लागेको स्टेशन म्यानेजर बिष्णु सुबेदीले जानकारी दिएका छन् । कोरोना भाइरसको संक्रमणका कारण देश लकडाउन भएकाले घरमै बसीरहेका आम नेपालीको मनोरञ्जनका लागि ‘टिभी फिल्मी’ले दैनिक चारवटा चलचित्र देखाउने निर्णय गरेको जनाइएको छ । सुबेदीका अनुसार हरेक दिन बिहान ६ः३० बजे, बिहान १० बजे, दिउसो १ः३० बजे र राती ८ बजे ‘टिभी फिल्मी’ले चलचित्र देखाउने छ । केही दिनमा लकडाउन खुले पनि २०७७ बैशाख १८…

प्रेस सेन्टरद्धारा कोरोना संकट न्यूनिकरणलागि पत्रकारलाई विशेष स्वास्थ्य उपकरणको माग (विज्ञप्तीसहित)

अरुणा मानन्धर - काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकटको पत्रकार संगठन ‘प्रेस सेन्टर नेपाल’ ले विश्वव्यापी महामारीको रुपमा फैलिदै गएको कोरोनाभाइरसको संकट न्यूनिकरणलागि अनिर्वाय रुपमा पत्रकारलाई विशेष स्वास्थ्य उपकरणको उपलब्ध गराउन सरकारसँग माग गरेको छ । प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसीले आज कोरोनाभाइरसको माहामारीले भित्राएको संकट न्यूनिकरणमा पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने भएपनि समाचार लेख्न फिल्डमा निस्कने पत्रकारहरुकै स्वास्थ्य जोखिमताको विषयमा राख्य गम्भीर नभएको भन्दै प्रेस वक्तव्य मार्फत त्यस्तो…