सोनिया र रुकमान अभिनित बिबी लिम्बूको ‘ए माया मुसुक्कै हासन’ बोलको गीत सार्वजनिक

काठमाडौं – बिबी लिम्बूको स्वरमा रहेको ‘ए माया मुसुक्कै हासन’ बोलको गीत सार्वजनिक भएको छ । भिडियोमा रुकमान लिम्बू, सोनिया लिम्बू र कामना लिम्बूको अभिनय रहेको छ । रुद्र जीएमको शब्द संगीत र एरेञ्ज रहेको गीतलाई सागर पुनको रेकर्डिङ र कुमार सानु पुनको मिक्सिङ रहेको छ । प्रकाश लिम्बूको निर्देशन रहेको भिडियोमा बि बी लिम्बू र डम्बर राईको छायांकन रहेको छ भने सम्पादन बि बी लिम्बूकै रहेको छ । भिडियो यहाँ हेर्नुहोला 

अन्तराष्ट्रिय स्तरको शो ‘मिस फेस अफ’ नेपाल २०२१ को आवेदन खुल्ला

काठमाडौं – अधिरा फिल्मस् प्रा.लि.को आयोजनामा हुन लागेको ‘मिस फेस अफ’ नेपाल २०२१ (सिजन – १) को आवेदन खुलेको छ । यो अन्तराष्ट्रिय स्तरको प्रतियोगिता हुने बताईएको छ। शुक्रबार ललितपुरको कुमारीपाटी स्थित यो क्याफेमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम बारे जानकारी गराईएको हो । ‘ मिस फेस अफ नेपाल’ अन्तर्राष्ट्रिय स्तरमा मिस नेपालको स्थान जसरी पुगेको छ, त्यसको लेबलमा हामीले पनि पु¥याउने "मिस फेस अफ नेपाल"का आयोजक तथा कोरियोग्राफर सपना राईले बताईन् । टाइटल विनरलाई स्कुटर, सिल्भर क्राउन प्रदान गरिने, भने फस्ट रनरअपलाई नगद रु पच्चिस…

के हो खुवालुङ ? खुवालुङसँग जोडिएको मिथकले दिने संकेत के हो ?

खुवालुङको संरक्षण किन ? संसद विघटनको औचित्य पुष्टि गर्न सरकारको तर्फबाट भएका देश व्यापी सभा मध्ये विराटनगरको सभाले उत्पन्न गरेको तरङ्ग विस्तारित हुने क्रम जारी छ । सुनसरी जिल्लाको चताराबाट सुनकोसी र अरुण दोभानसम्म सञ्चालन हुँदै आएको जेट बोटको बाटो सहज बनाउन सुनकोसी र तमोरको दोभानमा रहेको ढुङ्गा फुटाउने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति पछि उक्त तरङ्ग उत्पन्न भएको हो । प्रधानमन्त्री ओलीको अभिव्यक्ति लगत्तै पूर्वका किरात समुदायका सचेत व्यक्तिहरुले सामाजिक सञ्जाल मार्फत खुवालुङ फुटाउन पाइन्दैन भनेर शुरु गरेको अभियान…

“शिरबन्दी च्याट्टै” बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं – नेपाली मौलिक कथानक चलचित्र घरजमको "शिरबन्दी च्याट्टै" बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । बुद्धी तामाङ, सिर्जना सुब्बा, यासेली योङहाङ, रबी शेर्मा, किशोर कुमार लिम्बू, हेमराज अन्छङ्गबो, कुशल थलङ, सुस्मा लिम्बू, ईसिका जबेगु, सीता कुमारी तुम्बापो, आयुषा लिम्बुखिम, जीवन भट्टराई, शैलेन्द्र थेबे, भरतमणी पौडेल, नुनाम केरुङ, दिनेश माङमु, बिरेन्द्र खाम्दाक, सञ्जय निङलेकु आदिको अभिनय रहेको यो म्युजिक भिडियो सार्वजनिक भएको हो। लक्ष्मण लिङथेपको शब्द र खगेन्द्र पन्धाक लिम्बूको संगीतमा तयार भएको गीतमा कुशल थलङको स्वर…

केपी ओलीलाई साधारण सदस्यबाट समेत हटाउने माधव नेपालको घॊषणा

माघ ८ , काठमाडौँ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी हटाउने घोषणा गरेका छन् । बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित बृहत बिरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई साधारण सदस्य समेत नरहने गरी निकाल्ने घोषणा गरेका हुन् । ‘केपी ओली २०७१ देखि पूर्वएमालेमा पनि घाँडै थिए, पार्टी एकिकरण पछि पनि घाँडै भए,’ नेपालले भने, ‘आजदेखि उनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको घोषणा यहीँबाट गर्छौं ।’ उनले थपे, ‘तीनदिन अगाडी बालुवाटारमा…

भारतीय एसएसबीले नेपालीलाई कुटेपछि ठोरीमा तनाव

माघ ८ काठमाडौँ - भारतको भिखनाठोरीमा बजार गर्न गएका नेपालीलाई भारतीय एसएसबीले कुटपिट गरेपछि पर्साको ठोरीमा तनाव भएको छ । भारतीय बजारबाट सरसमान किनेर ठोरी फर्किंदै गर्दा ठुटेखोला क्षेत्रमा एसएसबीका जवानले स्थानीयमाथि कुटपिट गरेका थिए । एसएसबीका हिमांसु र जाकिर अलि खान नाम गरेका जवानले ठोरी गाउँपालिका–३ बुद्धनगरका बिष्णु घिमिरे, राजकुमार अधिकारी, भिमलाल तामाङ, विकास गुरुङ लगायतमाथि लाठीचार्ज गरेको प्रत्यक्षदर्शीले बताएका छन् । नेपाली पक्षमाथि कुटपिट भएपछि ठोरीका स्थानीय र भारतीय सीमाबजार भिखना ठोरीका बासिन्दा ठुटेखोलामा…

“म बाँच्नुको के अर्थ” बोलको म्युजिक भिडियो सार्वजनिक

ईन्द्र जिजीबिषा - काठमाडौ - चर्चित गायक रुपकुमार राईको "म बाँच्नुको के अर्थ" बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। "राम साइली" "गुन्द्रुक किनेमा" स्वप्निल छायाँले " "चर्चा" "सुङ्गुरे माया" लगायत ६ सय भन्दा बढि गीतहरुमा आफ्नो आवाज भरि सकेका गायक रुपकुमार राईको "म बाँच्नु को के अर्थ" बोलको गीत सार्वजनिक भएको हो। "ठूली" चन्द्रकला कोयीको शब्द रचना रहेको गीतमा संगीत पनि गायक स्वयम् रुपकुमार राईकै रहेको छ। एरेन्ज मिक्सिङ्ग मास्टरिङ्ग  राजु कार्कीले गरेका हुन् भने रेकर्ड सुरेश राईले गरेका हुन्। दिक्पाल कार्की र शेशुका राईले…

सुमन राईको स्वर तथा संगीतमा रहेको “साप्सु बगरमा” बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौ - चर्चित गायक तथा संगीतकार सुमन राईको स्वर तथा संगीतमा रहेको "साप्सु बगरमा" बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। अत्यान्तै मेलोडियस यो गीतको संगीत संयोजन पनि सुमन राईले नै गरेका हुन्। गायन भन्दा संगीतको क्षेत्रमा निक्कै सफल बनेका गायक तथा संगीतकार सुमन राई सुगम संगीत र लोक गीतको क्षेत्रमा निक्कै ब्यास्त छन् भने पछिल्लो समय एरेञ्ज पनि आफै गर्दै आएका छन्। सार्वजनिक गीतको शब्द रचना जैबी चाम्लिङले गरेका हुन् भने मिक्सिङ मास्टरिङ्ग गोभिन्द सोनीले गरेका हुन्। यो गीतको रेकर्ड सुवास कुथुमिले गरेका हुन्। सोनाम पाख्रिनले…

“माछा त मारी सीतारा” बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौ - "माछा त मारी सीतारा" बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। संघिय सांसद कृष्ण बहादुर राईको प्रमुख आतिथ्यतामा उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । बालकको जन्म पश्चात, "न्वारान" पछि गरिने "छेवार" परम्परालाई यो गीतमा देखाईएको छ। तामाङ्ग समुदायमा छेवारलाई प्राथमिकताको साथ् गरिने गरिन्छ। यद्यपि "छेवार" अरु जनजाति समुदायमा पनि चलि आएको चलन हो। यो गीतमा सुवाश तामाङ्ग, शसिकला मोक्तान र बबिता पाख्रिनको स्वर रहेको छ भने शब्द संगीत बैरागी मोक्तानले तयार पारेका हुन्। पवन वाङ्ग लामाको एरेन्ज रहेको यो गीतमा…

“तल्लो गाउँले कान्छी मैया”मा शिवदाश गुरुङ र कुशुम गुरुङ

काठमाडौ – गीतकार रामप्रसाद गुरुङ्गको शब्द रचनामा “तल्लो गाउँले कान्छी मैया” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक नन्दु गुरुङ र ममता गुरुङ्गको स्वरमा रहेको उक्त गीत युट्य़ुब मार्फत सार्वजनिक भएको हो । गायिका ममता गुरुङ नेपाल आईडल सिजन ३ को टप ९ गायिका पनि हुन् । रामप्रसाद गुरुङको शब्द रचनालाई टम्पसेर राईले संगीत गरेका छन् भने एरेन्ज आमोस तमाङ्ग र मिक्सिङ्ग मास्टरिङ्ग किशोर थापाले गरेका हुन्। यो गीतको म्युजिक भिडियोमा शिवदाश गुरुङ र कुशुम गुरुङले लिड रोलमा अभिनय गरेका छन् । म्युजिक भिडियोलाई शिवदाश गुरुङले नै…