रोशन सिंहको “माया गरि-गरि” सार्वजनिक

काठमाडौ / पछिल्लो समय दैनिकजसो दजनौं बढी गीतहरु रिलिज हुने गर्छन् । रिलिज भएका कमै गीतले दर्शक श्रोताको साथ पाउँछन् । कमै गीतले मात्र दर्शक श्रोताको मन जित्ने गर्छन् । आधुनिक क्षेत्रमा बिगत एक दशक देखि होमिएका गायक रोशनका गीतहरु श्रोता तथा दर्शकहरुले निकै नै रुचाउने गरेका छन्। यस अघि “जिन्दगीका केहि मिठा पल” मेरी मायालु निकै चर्चामा थियो भने अन्य दर्जनौं गीतहरुले श्रोता तथा दर्शकको मन मुटुमा अड्डा जमाइसकेका छन् । पछिल्लो समय धेरैको मन मुटुमा बस्न सफल चर्चित गायक रोशन सिंहको आवाजमा रहेको नयाँ गीत ‘माया गरि-गरि ” को भिडियो…

“म जन्मेको गाउँ प्यारो” बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौ / राजेश पायल राई र सुनिता थेगिमको स्वरमा रहेको "म जन्मेको गाउँ प्यारो" बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। विशाल चाम्लिङ्गको शब्द तथा संगीतमा रहेको उक्त गीतलाई एरेन्ज, मिक्सिङ्ग मास्टरिङ्ग देवेस राईले गरेका हुन्। परदेशमा हुँदा आफ्नो जन्मथलो, खेले हुर्केको घर आँगनलाई सम्झिएर तयार गरिएको उक्त गीतको म्युजिक भिडियोमा पूर्वेली गाउँ घरकै परिवेसलाई समेटिएको छ। टेम्के देखि साल्तेम सम्मको भू-भागहरु समेट्दा टेम्केमा फूलेको गुराँश देखि साल्तेममा झुलेको धानका बालाहरु उक्त म्युजिक भिडियोमा मजाले हेर्न सकिने छ। किरात राईहरुले…

कल्पना आङबुहाङको “जालहारी” गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौ / गीतकार कल्पना आङबुहाङको बाह्रमासे गीति एल्बममा समाहित "जालहारी" गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। निर्देशक तथा कलाकार हाङ चेम्जोङले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा सुन्दर खवास र विपना आङबुहाङले अभिनय गरेका छन् भने ईशाक जबेगुले छायांकन गरेका हुन्। कल्पना आङबुहाङको शब्द रचनालाई मनोज साङसोङले संगीत गरेका हुन् भने स्वर रचना रिमाल र प्रविण भेडवालको रहेको छ। चलचित्र विकास बोर्डको हलमा सम्पन्न कार्यक्रममा राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई प्रमुख अतिथि रहेका थिए भने अन्य कलाकार समाजसेवी लगायतका…

अर्जुना राईको ” रिसाउलान् सुन्दा कुरा ” बोलको गीत सार्वजनिक

काठमाडौ- गायिका अर्जुना राईको " रिसाउलान् सुन्दा कुरा " बोलको गीत सार्वजनिक भएको छ। चर्चित गीतकार विरेन्द्र राईको शब्द रचना र चर्चित संगीतकार विक्रम राईको संगीतमा उक्त गीत सार्वजनिक भएको हो। उक्त गीतको एरेन्ज भने विषम आचार्यले गरेका छन्। मिठो स्वरको धनि गायिका अर्जुना राईको यो भन्दा अगाडि पनि दर्जनौ गीतहरु युट्युब मार्फत सार्वजनिक भइसकेका छन्। सार्वजनिक गीतको भिडियोमा गायिका आफै फिचर्ड छिन्। सनम तामाङ्गले छायांकन गरेको उक्त गीत म्युजिक जन्क्सन नामक युट्युब मार्फत सार्वजनिक भएको छ। गीतको भिडियो यहाँ हेर्नुहोला 

साल्पा सिलिचुङ्ग परियोजना शुभारम्भ कार्यक्रम सम्पन्न

ईन्द्र जिजीबिषा -काठमाडौ / "सृष्टिको उत्पति केन्द्र मुन्दुमको प्राण, साल्पा सिलिचुङ्गको संरक्षण हाम्रो अभियान" भन्ने मूल नाराका साथ् साल्पा सिलिचुङ्ग सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तराष्ट्रिय समितिको आयोजनामा "साल्पा सिलिचुङ्ग परियोजना"को शुभारम्भ भएको छ । साल्पा सिलिचुङ्गमा सुम्निमा- पारुहाङ्गको प्रतिमा निर्माण, मुन्दुमी पूजाथान स्थापना लगायत विभिन्न मुन्दुमी पात्रहरुको प्रतिमा निर्माण गर्ने विश्वव्यापी महा-अभियानको शुभारम्भ भएको हो। साल्पा सिलिचुङ्ग किरातीहरुको पवित्र मुन्दुमी स्थल, किरात धार्मिक तथा सांस्कृतिक…

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा ६ जना स्रष्टाहरु सम्मानित

काठमाण्डौ - सम्माननिय उप राष्ट्रपति रामसहाय प्रसाद यादवको प्रमुख आतिथ्यतामा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले ६ जना स्रष्टाहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । संगीत, नाट्य, नृत्य र रङ्गमन्च विधामा विगत लामो समय देखि लागेर अतुलनिय योगदान गरे वापत स्रष्टाहरुलाई पुरस्कृत र सम्मान गरेको हो। पुरस्कृत र सम्मानित हुने स्रष्टाहरुमा नविन किशोर राई (लोक संगीत विधा) गणेश रसिक (संगीत विधा) विजय कुमार श्रेष्ठ (परम्परागत शास्त्रीय संगीत विधा ) भैरव क्षेत्री (रङ्गमन्च विधा) कुलमान नेपाली (नृत्य विधा) प्र डा रामचन्द्र पोखरेल (…

“बुद्ध र भिखारी” नाटक मण्डला थिएटरमा प्रस्तुत गर्ने तयारी

काठमाडौ- जेठ १६ गतेबाट मन्डला थिएटर थापागाउमा चुलाचुली थिएटरको प्रस्तुती नेपाली लोककथामा आधारित "बुद्ध र भिखारी" नामक नाटक छाँया अथवा स्याडोको माध्यमबाट प्रस्तुत गर्ने तयारी भइरहेको छ । "इन्टरनेसनल थिएटर फेस्टिवल"मा एक शो प्रस्तुत भएपछि नाटकलाई दर्शकले अत्याधिक रुचाएका थिए । त्यसबेला एउटा मात्र शो प्रदर्शन गरिएकोमा यो पटक भने जेठ १६ गतेबाट ३२ गतेसम्म निरन्तर शो हुने तयारी रहेको बताईएको छ । कलाको जीवन्तता तथा खारिएको अभिनयको असाधारण प्रस्तुती ठुला पर्दाका चलचित्र भन्दा नाटकघरहरुमा देख्न सकिन्छ। त्यसैले होला आजभोली सिनेमा…

चलचित्र ‘काँडेतार’को शीर्ष गीत सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘काँडेतार’को शीर्ष गीत सार्वजनिक भएको छ । चलचित्रले सीमा संरक्षणको सन्देश दिने कथावस्तु बोकेको अभिनेता तथा निर्माता नवल खड्काले बताएका छन् । सार्वजनिक गीतमा नवल खड्का, सुरविना कार्कीसहित शीर्ष कलाकारको अभिनय रहेको छ । गीतमा गौरव पहारी, रेविका गुरुङ, प्रशान्त यादव, मुरलीधरण, प्रेम सुब्बा, सञ्जल खतिवडा, रोमियान लिम्बु, पुष्पा श्रेष्ठ, रवि शाह समेतले अभिनय गरेका छन् । मिलन कान्छा किराँतीको शब्द रचना रहेको उक्त गीतमा सत्यकला राई, राजेशपायल राई र जे पापीको स्वर छ भने संगीत मणी थापाले दिएका छन् ।…

उर्मिला खालिङ र हेमन्त खालिङको दुई खालिङ गीत सार्वजनिक

काठमाडौ - गायिका उर्मिला खालिङ र हेमन्त खालिङको दुई खालिङ गीत सार्वजनिक भएको छ । किरात खालिङ राई उत्थान संघ केन्द्रिय अध्यक्ष सीता कुमारी खालिङको प्रमुख आतिथ्यमा एक कार्यक्रमको बीच नु (मन) "वास ख्वाम" म्युजिक भिडियो उर्मिला खालिङ युट्युव च्यानल बाट सार्वजनिक भएको हो। गीतमा उर्मिला खालिङ, निरु खालिङ, छवि खालिङ र हेमन्त खालिङले स्वर दिएका छन । नु (मन) को संगीत उर्मिला खालिङ र वास ख्वामको संगीत निरु खालिङले गरेका छन भने एरेन्ज पदम रजान मगरको रहेको छ । कार्यक्रममा सोलुखुम्बु प्रतिनिधि सभा सदस्य मान वीर राई र माप्य दुधकोशी…

अजय अलङकारको सानीवा (हृदय) सार्वजनिक

- राजेन्द्र केरुङ २८ चैत्र,काठमाडौ - श्रष्टा एवं पत्रकार अजय अलङकार कुलुङ कृति सानिवा (हृदय)को अफिसियल म्युजिक भिडियो विमोचन भएको छ । काठमाडौको सरस्वति नगर चाबहिल स्थित कुजनु रेस्टुरेन्ट एण्ड सेकुवा कर्नरमा नेपाल सङगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति, तथा वरिष्ठ गायक शम्भु राईको प्रमुख आतिथ्यतामा उक्त म्युजिक भिडियो विमोचन गरिएको हो । श्रष्टा अजय अलङकारको पाचौं कोसेली सानीवा (हृदय) नामक एल्बममा संग्रहित शिर्ष गीत सानीवाको मेल भर्सनको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । फिमेल भर्सनमा गायिका आभा मुकारुङद्वारा…