विनायक तामाङको अध्यक्षतामा,तामाङ चलचित्र संघ बागमती प्रदेश समिति गठन

0 366

काठमाडौ – तामाङ चलचित्र संघ बागमती प्रदेश समिति गठन भएको छ । तामाङ चलचित्र संघका संघीय अध्यक्ष कुमार मोक्तानको अध्यक्षतामा शनिबार आयोजित भेलाबाट १३ सदस्यीय बागमति प्रदेश कमिटि गठन गरिएको हो ।

चलचित्र निर्देशक एवं नायक विनायक तामाङको अध्यक्षतामा गठित कार्यसमितिको उपाध्यक्षमा आशमान वाईबा, सचिव दावा फिन्जो तामाङ, सह सचिव करण तामाङ, कोषाध्यक्ष बिना घले, सह कोषाध्यक्ष धुर्व छिरिङ तामाङ चयन भएका छन् ।

सदस्यहरूमा क्रमश रोशन तामाङ, अनिता नेगी, बिना लामा, राजकुमार तामाङ, नरेन्द्र तामाङ, सुस्मिता घ्लान, श्याम माया तामाङ चयन भएका छन् ।

संघीयताको मूलमर्म अनुसार नै तामाङ चलचित्र कर्मीहरुलाई संगठित गरी गतिविधि विस्तार गर्न तामाङ चलचित्र संघको बागमती प्रदेश कमिटि गठन गरिएको संघले जनाएको छ । यसैगरी अन्य प्रदेशमा पनी समिति विस्तार गर्ने संघको योजना रहेको जनाईएको छ ।

Loading...