
कोभिड-१९बाट कसरी बच्ने ?
तेस्रो विश्व युद्धको रुप लिएको कोभिड-१९ भाइरसको सम्भावित संयन्त्रको जोखिम हामी नेपालीहरु बिच तिब्र रुपले बाढ्दै गैरहेको छ। बिदेस बाट नेपाल भित्रने होस या सेल्फ क्वरेनटाइनमा नबसी जथाभावी हिड्डुल गर्नाले आफ्नो र आफन्तको ज्यान नै जोखिम्मा पार्नु हो। हेर्दा तन्दुरुस्त देखिए पनि संक्रमणको लक्षण १४ दिन पश्चात् मात्र देखिन सक्छ।जस्ले गर्दा अन्य व्याक्तीहरुलाई भाइरस सर्न सक्ने हुदा सावधानी अपनाउनु नै अति उत्तम हुन्छ।
कोभिड-१९ बाट बच्न के गर्ने के नगर्ने ?
१.सबैभन्दा पहिला आफुलाइ कोभिड भाइरसको सक्रंमण नहोस भनेर हाललाइ अत्यावश्यक काम पर्दाबाहेक घरबाट बाहिर ननिस्कनु अति उत्तम।
२.घरबाट बाहिर ननिस्की नहुने भएमा भिड्भाड्मा सकेसम्म जानूहुन्न भेट्ने मानिसहरु संग हात नमिलाउने र उ बाट कम्तिमा एक मिटर दुरिमा बस्ने।
३.बाहिर गैर घर फर्किएपछि वा सम्भब भएसम्म समय समयमा साबुन पानीले हात धुने। हात धुन सम्भव नभए ७० प्रतिशत भन्दा बढी अल्कोहल भएको सेनिटाइजर हातमा राम्रो संग दल्ने।
४.बजारमा मास्कको हाहाकार भएकोले आफुलाइ रुघाखोकी र ज्वरो आएको छैन भने मास्क नलगाउने।
५.सामान्य रुघाखोकी लागेको पुष्टि भएका बिरामी बाट पनि अलि टाढै बस्ने।
६.६० बर्ष पुगेका वा स्वास प्रश्वास, मिर्गौला,मुटु,मधुमेह,चिनी रोग,उच्च रक्तचाप,धम्की भएका मानिसहरु सबै भन्दा बढी जोखिममा पर्ने गर्छन् ।
सामान्य रुघाखोकी र कोभिड-१९ मा फरक के छ ?
१.सामान्यतया:सामान्य रुघाखोकी र कोभिड्का लक्षणमा धेरै अन्तर छैन तर कोभिड सक्रंमण भएका मानिसलाई रुघाभन्दा बढी सुख्खा खोकी लाग्छ । १०२ डिग्री फरेन्हाइटभन्दा बढी ज्वरो आउँछ र सास फेर्न समस्या हुन्छ।
२.सामान्य रुघाखोकी पनि एक व्याक्ती बाट अर्को व्याक्तीमा सर्छ तर रुघाखोकी सर्ने दर कोभिड्को सर्ने दर भन्दा निकै कम हुन्छ।३.रुघाखोकीले वालवालीका,गर्भवती,वृद्ध अवस्थाका र पहिल्यै देखि स्वास्थ समस्याका चपेटामा परिरहेकाहरुलाई बढी असर पर्ने हुन्छ।यस्ले हाल सम्म वालवालीका तथा गर्भवतिलाइ धेरै असर परेको देखिदैन।
४.त्यसैले आफू वा आफ्ना परिवारका सदस्यले सक्रंमण देखिएको देशबाट फर्किएका मानिस वा तिनका परिवारका मानिसहरु संग घुलमिल गरेका छैनन् भने आत्तिनु पर्दैन।
५.ज्वरो आएको छ सुक्खा खोकी भएको जस्तो लाग्यो भने १११५ नम्बरमा फोन गर्नुहोस् त्यहा बाट केही जानकारी अवस्य पाइन्छ।
७.धेरै समस्या भएको छ र काठमाडौमा हुनुहुन्छ भने टेकुको सहिद सुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल जानुहोस।त्यहा जान नसकिने भएमा नजिकको स्वास्थ्य संस्थामा अनिवार्य सम्पर्क गनुहोस।
सेल्फ क्वारेन्टाइ,भनेको के हो र कसरी बच्ने उपायहरु ?
१.हावा प्रसस्त चल्ने कोठामा एक्लै बस्ने।
२.आफुले प्रयोग गरेको र गर्ने सामाग्रीहरु अरुलाइ प्रयोग गर्न वा छुन समेत नदिने।
३.घरका अरु चाहिए एकजना स्वास्थ्य मानिस संग मात्र सम्पर्क गर्ने र त्यस्ता व्याक्तीले पनि अरु मानिसहरु संग सम्पर्क नगर्ने।
४.यतिबेला घरमा अरु सौचालय छ भने आफुले प्रयोग गरिसकेपछि त्यसमा राम्रो संग “डिसइफेक्टेन्ट” (बजारमा उपलब्ध घरमा प्रयोग गरिने निर्मलिकरण सामाग्री) ले सफा गर्ने। त्यसपछि मात्र अरुलाइ प्रयोग गर्न दिने।
६.घरमा बस्दा मास्क लगाउने र लगाइसकेका मास्कलाइ पोको पारेर डस्टबिनमा फाल्ने । जथाभावी नफाल्ने।
७. रुघाखोकी लागेर ज्वरो आए तुरुन्तै नजिजैको स्वास्थ्य संस्थामा सम्पर्क राख्ने। काठमाडौमा भएको खण्डमा टेकु स्थित सुक्रराज ट्रपिकल तथा सरुवारोग रोग अस्पतालमा जादा राम्रो।
कसरी फैलिन्छ कोभिड ?
१.बिरामी व्याक्तीले खोक्दा, हाच्छिउ गर्दा मुख र नस्क बाट निस्किएको पानीका स-साना थोपा तपाइका आंखा, नाक र मुखमा पुगेपछि भाइरस् फैलिन्छ। बिरामी बाट निस्किएको र्याल टासिंएको ढोकाको चुकुल,कलम,भर्याङ जस्ता बस्तु छुदा र हात मिलाउदा पनि भाइरस फैलन सक्छ।
सामान्य लक्षण ?
१.सुख्खा खोकी लाग्नु, ज्वरो आउनु,सास फेर्नु अप्ठ्यारो हुनु,टाउको दुख्नु, अलमलमा पर्नु,घाँटी दुख्नु आदि इत्यादि।
( लेखक: मिर्गौला डाइलासिस तथा प्रत्यारोपण समाजका केन्द्रिय अध्यक्ष हुनुहुन्छ। विश्व स्वास्थ्य संगठन तथा भिभिन्न पत्र पत्रीकाको लेखमा आधारित सबैलाई जानकारीको लागि)