Browsing Category

ब्यानर न्युज

सुष्मिता राईको जीवन कथामा आधारित म्युजिक भिडियो “लुटि दियौ” सार्वजनिक

काठमाडौ - दृष्टि बिहिन गायिका सुष्मिता राईको जीवन कथामा आधारित म्युजिक भिडियो सार्वजनिक भएको छ । अत्यान्तै मिठो कर्णप्रिय स्वरका धनि गायिका सुष्मिता राईको आफ्नै स्वर रहेको "लुटि दियौ" बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो । गीतकार निशा नेम्वाङ्गको शब्द रचनालाई गायक तथा संगीतकार सुहाङ्ग लिम्बुले संगीत गरेका हुन् भने रुबेन जोयले यो गीतमा एरेन्ज गरेका छन् । सार्वजनिक म्युजिक भिडियोमा गायिका स्वयम् सुष्मिता राई, सुहाङ्ग लिम्बुको मुख्य अभिनय रहेको छ भने बाल कलाकार द्वय सृष्टि खरेल र सिम्रन पुनले पनि अभिनय गरेका छन् ।…

मिस नेसनल आइकन २०१९ को विजेता बने लगत्तै देवी मगर, समाज सेवामा

काठमाडौ - मिस नेसनल आइकन २०१९ को विजेता बने लगत्तै देवी गर्बुजा पुन मगर, समाज सेवामा लागेकी छन् । एकीकृत सृजनशील समाज नेपालमा रहेको ४५ जना बालबालिकालाई खाद्यान्न, स्टेसनरीका सामान लगायत वितरण गरेर समाजसेवाको सुरुवात गरेकी हुन् । देवी मगरले मिस नेसनल आइकन विजेता बने संगै २६ लाख मुल्यको ड्याटसन कार जितेकी थिइन् । म्याग्दीको बेनीमा जन्मिएकी देवी पुन मगर अहिले ब्याचलरमा अध्ययनरत छिन् । अध्यायन संग संगै मोडलिङ्गमा पनि रुचि राख्ने देवी मगर, समाजसेवामा पनि उतिकै रुचि राख्छिन् । यसैको सुरुवात गर्दै अत्यान्तै कोमल हृदयकी देवी मगरले…

मिस नेसनल आइकन विजेताहरुले मनाए विजय उत्सव _फोटो फिचर

काठमाडौ - मिस नेसनल आईकन २०१९ को विजेता देवी मगर बने संगै २६ लाख मुल्यको ड्याटसन कार र क्राउन पाएकी छन् । विजेता देवी मगर बन्दा उप विजेता भने मन्जना राई बनेकी छन् । उप -विजेता बन्दै मन्जनाले स्कुटि र क्राउन पाएकी छन् । सेकन्ड रनर-अपको टाइटल अवार्ड जित्दै सम्वृद्धि कार्कीले नगद ५० हजार र क्राउन पाउन सफल रहिन् भने थर्ड रनर-अपको टाईटल अवार्ड जित्दै मुना राईले नगद २० हजार नगद र क्राउन पाएकी छन् । मिस नेसनल आइकन बने पछि विजेता देवी मगर, उप-विजेता मन्जना राई, थर्ड रनर -अप मुना राई लगायतले कार्यक्रम आयोजक, प्रायोजक, मेडियाकर्मि…

मिस नेसनल आईकनमा देवी मगरले जितिन् २६ लाख मूल्य बराबरको ड्याट्सन कार

काठमाडौ - दोस्रो मिस नेसनल आईकनको विजेता देवी मगर बनेकी छन् । ब्राईट इन्टरटेन्मेण्ट प्रा . ली द्वारा संचालित मिस नेसनल आइकनको विजेता बने संगै देवी मगरले २६ लाख रुपैयाँ मूल्य बराबरको ड्याट्सन कार पाएकी छन् । १३ जना प्रतियोगीहरुले अन्तिम फाईनलमा प्रतिष्पर्धा गरेका थिए । नेपालकै सर्वाधिक ठूलो राशि पुरस्कार मध्ये एक मिस नेसनल आइकन सिजन दुईमा मन्जना राईले उप विजेता बन्दै स्कुटि जितिन् । फस्ट रनर अपको टाइटल जितेर सम्वृद्धि कार्कीले रुँ ५० हजार जितिन् भने मुना राईले सेकेण्ड रनर अपको टाइटल जित्दै २० हजार रुपैयाँ जितेकी छन् ।…

रावा सावा प्राज्ञिक समाज नेपालले गर्‍यो अग्रज सर्जकको सम्मान

ईन्द्र जिजीबिषा / काठमाडौ - "अग्रजका सृजना सुनौ, अग्रज सर्जकको सम्मान गरौ" भन्ने मूल नाराको साथ रावा सावा प्राज्ञिक समाज नेपालको आयोजनामा साहित्य सृजना सुन्ने र सुनाउने कार्यक्रम सम्पन्न भएको छ । कोटेश्वर स्थित ग्रामर कलेजको हलमा सम्पन्न कार्यक्रममा १४ जना भन्दा बढी अग्रज सर्जकहरुले आ-आफ्ना सृजनाहरु सुनाएका थिए । पुर्व सभासद संविधान सभा तथा वर्तमान केन्द्रिय सदस्य नेकपाका अश्मिता कार्कीको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा अग्रज सर्जकहरु काशी राई, जसराज किराती, बलराम पोख्रेल, मदन राई लामाखुले,राधेश्याम भट्टराई, भक्त…

पैदल यात्रुको लागि आयो नयाँ कानुन् , जेब्रा क्रसिङ्गमा गाडि नरोके पाँच सय जरिवाना अन्य यस्तो छ विवरण

काठमाडौं २८ चैत - काठमाडौंका सडकको जेब्रा क्रसिङमा पैदलयात्रुलाई प्राथमिकता नदिने सवारी चालकमाथि अब कारवाही हुने भएको छ । पैदलयात्रुलाई बाटो काट्न जेब्रा क्रसिङ बनाइएको ठाउँमा पनि सवारी चालकले गाडी नरोक्ने प्रवृत्ति मौलाएपछि ऐन नै बनाएर कडाई गर्न लागिएको हो । काठमाडौं महानगरपालिकाले जारी गरेको ‘सवारी तथा यातायात व्यवस्थापना बिधेयक, २०७५’ मा चालक र परिचालकको कर्तब्य तोकिएको छ । ऐनको दफा १२ मा उल्लेखित चालकको कर्तब्यहरुमध्ये बुँदा ‘घ’ मा जेब्रा क्रसिङमा पैदलयात्रुलाई प्राथमिकता नदिने चालकमाथि कारवाहीको व्यवस्था गरिएको अनलाईन…

नेपाल लगायत मलेसियामा भव्यताका साथ् पुर्खा दिवस सम्पन्न

विचारी चाम्लिङ्ग / काठमाडौ - विगत दुई सय बर्ष पुरानो गोर्खालीहरुको ईतिहासमा आफ्नो राष्ट्रभूमि नेपाल बचाउनका लागि मात्रै नभई मलेशिया, अमेरिका, यूरोप, जापान, सिङ्गापुर, भारत र अष्ट्रेलिया लगायतका देशहरुमा समेत सेवा गर्दा लडाईमा ज्यानको बाजी थाप्दै डटेर लड्दै देश तथा बिदेशमा विरगति प्राप्त गरेका वीर गोर्खालीहरुको उच्च सम्मान र स्मरणमा सन् २००५ अप्रील ५ देखि यो दिवस मनाउन थालिएको हो । सन् १९४८ देखि मलेशियामा लगातार १५ बर्ष सम्म कम्युनिष्ट विद्रोह दबाउन मलेसिया प्रहरी संग भिन्दा भिन्दै युद्ध मोर्चाहरुमा १३ सय भन्दा बढी हाम्रा…

गोर्खा सहिदहरुको सम्झना गर्दै पुर्खा दिवस मनाईयो

काठमाडौँ - गोर्खा सहिदहरुको सम्झना गर्दै पुर्खा दिवस मनाएको छ । राजधानीको ललितपुर सातदोबाटो स्थित खेलकुद परिषदको प्राङ्गनमा पहिलो पुर्खा दिवस मनाएको हो । गोर्खा सेमिस्ट्रिज ट्रष्ट नेपाल द्धारा आयोजित पुर्खा दिवस कार्यक्रममा विश्व युद्धको जिउदो सहिद ९६ बर्षीय मानविर लिम्बुको उपस्थितिमा पुर्खा दिवस मनाइएको हो । लिम्बु सन् १९४१ मा गोर्खा सैनिकमा भर्ती भइ विभिन्न देशहरूमा दोश्रो विश्व युद्ध लडेर,सन् १९७३ मा गोर्खा सेना बाट सेवा निवृत भएका थिए। कार्यक्रममा शसस्त्र प्रहरीका पूर्व आइजीपी दुर्जकुमार राईलाई दोसल्ला ओडाएर सम्मान…

सत्र बुँदे घोषणापत्र जारी गर्दै त्रिदिवसीय वाङ्मय संगोष्ठी सम्पन्न

दमक, झापा, १९ चैत्र २०७५ - आइतबारदेखि दमकमा जारी एक नं. प्रदेशस्तरीय बृहत् वाङ्मय संगोष्ठी साहित्य, कला तथा संस्कृतिसम्बन्धी सत्र बुँदे घोषणापत्र सार्वजनिक गर्दै मङ्गलबार सम्पन्न भएको छ । भाषा, साहित्य, कला र संस्कृतिको विकास, सम्बद्र्धन प्र्रवद्र्धन गर्ने उद्देश्यले नेपाल प्रज्ञा–प्रतिष्ठान, दमक नगरपालिका तथा दमक प्रज्ञा–प्रतिष्ठानद्वारा संयुक्त रुपमा आयोजित सङ्गोष्ठीको प्रदेश नं. एकका प्रमुख माननीय डा. गोविन्द तुम्याहाङले समापन गर्नुभयो । समापन समारोहमा बोल्दै प्रमुख तुम्याहाङले वाङ्मय संगोष्ठीले प्रदेशको आत्मा झल्काएको…

अबको १० बर्षमा नेपाललाई सिङ्गापुर बनाउँछु भन्दा आफूहरुलाई विश्वास नै लागेन – जापानिज नागरिक युको ओकामोतो

काठमाडौ - पहिला भन्दा अहिले नेपालमा धेरै विकास भएको जापानिज युको ओकामोतोले बताएकी छन् । सन् १९८५ मा पहिलो पटक नेपाल आउदा नेपालमा जंगलै जंगल रहेको र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भर्खर बन्दै गरेकोले अहिलेको डोमेस्टिक एयर पोर्ट नै त्यतिबेला अन्तराष्ट्रिय उडानको लागि प्रयोगमा रहेको स्मरण गर्दै त्यतिबेला भन्दा अहिले धेरै विकास भएको बताएकी हुन् । विगत लामो समयदेखी नेपाली कला संस्कृतीको रिसर्च गर्दै आएकी युको ओकामोतोले जापानकै युभर्सिटिमा अध्यापन पनि गराउदै आएकी छन् । पछिल्लो समयमा नेपाली गीत-संगीत भारतीय गीत-संगीतको प्रभाव…