Browsing Category

समाचार

अद्भूत क्षमता भएका आदित्य दाहालको ‘कलियुगको आदित्य ज्योतिपथ’को लोकार्पण, प्रधानमन्त्री र प्रचण्डले गरे प्रशंसा

काठमाडौं ५ साउन - केही समयदेखि गुमनाम रहेका आदित्य दाहाल शनिबार सार्वजनिक कार्यक्रममा देखिए । आफ्नै पुस्तक ‘कलियुगको आदित्य ज्योतिपथ’को लोकार्पण समारोहमा देखिएका थिए । शारीरिक रुपमा अशक्त आदित्यलाई आमा ईश्वराले काखमा लिएर मञ्चमा राखेकी थिइन् । मञ्चमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानसेनापति राजेन्द्र क्षेत्री, संस्कृतिविद सत्यमोहन जोशीलगायत अन्यको उपस्थिति रहेको थियो । प्रधानमन्त्री ओलीले कुनै स्रोत र गुरुबिना आदित्यमा प्रकट भएको ज्ञान ठूलो आश्चर्यको विषय भएको बताए । उनले भने, ‘स्कुल…

प्रवासी थारु सेवा समाज मलेसियाको क्षेत्रीय समिति पेनाङमा गठन

सिलिचुङ्ग टिभि संवाददाता / मलेसिया - मलेसियामा रहेका थारुहरुको एक मात्र जातिय,समाजिक संस्था प्रवासी थारु सेवा समाज मलेसियाको दोस्रो ठूलो राज्यमा क्षेत्रीय कमिटी गठन कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ। " थरुहट/थारुवान बिकासको निम्ति " "थरुहट पहिचानको निम्ति " "थारु युवाहरु बिच एकताको निम्ति " भन्ने मुल नाराको साथ आइतबार पेनाङमा भएको प्रथम अधिबेशन कार्यक्रमले परशुराम चौधरीको अध्यक्षतामा ५५ सदस्यीय क्षेत्रीय समिती गठन भएको छ । जसको उपाध्यक्षमा क्रमशःदिपेश महतो थारु,महिला उपाध्यक्ष प्रमिला चौधरी,महासचिव मनिस चौधरी , सचीव…

बक्स अफिस नभई ई-टिकेटिङ्ग मात्रै भएको चलचित्र निर्माता संघ नेपालको दाबि

काठमाडौ - चलचित्र विकास वोर्डको हलमा एक कार्यक्रमबीच, सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाद्वारा औपचारिक उद्घाटन गरिएको बक्स अफिस नभई ई-टिकेटिङ्ग मात्रै भएको तर बक्स अफिस लागू गर्नका निम्ति पहिलो कदम भएको चलचित्र निर्माता संघ नेपालले बताएको छ । साउन १ गते चलचित्र विकास वोर्डको हलमा सम्पन्न भएको सेन्ट्रल सिनेमा म्यानेजमेन्ट सिस्टम (CCMS ) शुभारम्भ कार्यक्रममा मन्त्री बाँस्कोटाले ई- टिकेटिङ्ग र बक्स अफिस लागू भएको घोषणा गरेका थिए । मन्त्री बाँस्कोटाले उपत्याको हलहरुमा तत्काल लागू हुने र उपत्याका भन्दा…

कुन-कुन वस्तु तथा सेवामा कति कर बढ्यो ?

काठमाडौं १ साउन - मंगलबारबाट नयाँ आर्थिक वर्ष सुरु भए सँगै विभिन्न वस्तु तथा सेवामा करको दरमा वृद्धि भएको छ । यो वर्षको बजेटले गरेको वृद्धिका आधारमा कतिपय वस्तुमा भन्सार लगायतका शुल्क बढिसकेका छन् । तर, केही सेवा शुल्क तथा कर भने आजैबाट लागू भएका छन् । सरकारले दूरसञ्चार शुल्कमा वृद्धि गर्दै इन्टरनेट सेवामा पनि शुल्क लगाएपछि फोन तथा इन्टरनेट सेवा महंगिएको छ । इन्टरनेट सेवा प्रदायकले उक्त शुल्क उपभोक्ताबाट उठाउने भएपछि इन्टरनेट शुल्क कम्तीमा १५ प्रतिशत महंगो बनाएका छन् । सरकारले टेलिफोन सेवा प्रदायकका हकमा मात्र लगाउँदै आएको…

मनमोहन मेडिकल कलेजलाई अन्याय भएको भन्दै सहयोग गर्न व्यवस्थापन समितिको सरकारसमक्ष माग

काठमाडौं, १ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् मनमोहन मेमोरियल मेडिकल कलेज सञ्चालक समितिका उपाध्यक्ष तथा पूर्वमन्त्री डा. बंशिधर मिश्रले चिकित्सा शिक्षा विद्येयकको बारेमा सर्वसाधारण जनताले थाहा पाउनेगरि छलफलको विषय बनाईनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा मंगलबार अपरान्ह प्रस्तावित मनमोहन मेडिकल कलेज व्यवस्थापन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता मिश्रले यस्तो बताएका हुन। उनले भने,‘विगत १८ दिनदेखि जुम्लामा अनशन बस्नुभएको डा.केसीले भनेका सबै कुराहरु राम्रा नभएपनि धेरै कुराहरु राम्रा…

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेता कार्यकर्ताको गरे आलोचना

काठमाडौं १ साउन - प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेता कार्यकर्ताको आलोचना गरेका छन् । विपक्षीहरु एकजुट भएर सरकारमाथि आक्रमण गरिरहेको तर, पार्टी नेता कार्यकर्ताले सरकारका राम्रा काम तथा नीतिको समेत प्रतिरक्षा नगरेको भन्दै आलोचना गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यालय धुम्बाराहीमा कार्यकर्तासँगको भेटघाटमा उक्त आलोचना गरेका हुन् । "कुनै विषय पाएका छैनन् । भर्खर बनेको सरकारलाई पहिल्यै भत्किएका बाटाहरु देखाएर तमासा गर्दैछन्" प्रधानमन्त्री केपी शर्मा ओलीले भने। "बहुमत…

असारे विकासको लागि एक महिनामा झण्डै २ खर्ब बजेट खर्च

काठमाडौं ३२ असार - असारे विकासको लागि यो वर्ष एक महिनामा झण्डै २ खर्ब बजेट खर्च भएको छ । जबकी चालु आर्थिक वर्षमा आइतबारसम्म सरकारले १० खर्ब ५८ अर्ब रुपैयाँ बजेट खर्च गरेको छ । असारको सुरुआतमा यो ८ खर्ब ६२ मात्रै थियो । सरकारले आर्थिक वर्ष २०७४/७५ का लागि १२ खर्ब ७९ अर्ब रुपैयाँको बजेट ल्याएको थियो । जसको ८६.३७ प्रतिशत खर्च भएको छ । तर, समग्र बजेटको झण्डै २० प्रतिशत असारमै खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । विकास बजेटको ठूलो हिस्सा असारमै आएर सकिएको छ । असार ३१ गते -आइतबार)सम्म सरकारले विकास निर्माणमा २…

मृगौला पिडित लामाको सहयोगार्थ “भीमदत्त” को च्यारिटी शो

ईन्द्र जिजीबिषा / काठमाडौ - मृगौला पिडित दुर्गाबहादुर लामाको सहयोगार्थ नेपाली कथानक चलचित्र "भीमदत्त" को च्यारिटी शो गरिएको छ । मृगौला डाइलासिस तथा प्रत्यारोपण समाजले लामाको सहयोगार्थ नुवाकोटको ककनी स्थित एपिएफ युएन पिटिसिको हलमा च्यारिटि शो गरेको हो । भिमदत्तको जीवन कथामा आधारित चलचित्र "भीमदत्त" राष्ट्रवादी नायक नवल खड्काले निर्माण गरेका हुन् । संस्थाको स्थापनाकालदेखि नै समय समयमा यस्तै मानविय कार्यको आयोजना गरी पिडितहरुलाई सहयोग प्रदान गर्दै आईरहेको छ । मृगौला डाइलासिस तथा प्रत्यारोपण समाजको यो तेह्रौ सहयोगार्थ कार्यक्रम…

सारा पौडेलको एकै दिन दुई म्युजिक भिडियो छायांकन

ईन्द्र जिजीबिषा / काठमाडौ - गायिका सारा पौडेलको दुईवटा म्युजिक भिडियोको एकै दिनमा छायांकन गरिएको छ । भर्खरै नेपाली गीत-संगीतको क्षेत्रमा उदायकी गायिका सारा पौडेलले एकै साथ् दुईवटा म्युजिक भिडियोको छायांकन गरेकी हुन् । नयाँ जोश र जाँगर लिएर नेपाली गीत-संगीतको क्षेत्रमा प्रवेश गरेकी सारा पौडेलको "सोल्टी आले" बोलको गीतमा चर्चित संगीतकार तथा गायक सुमन राई र सारा पौडेलको स्वर रहेको छ । सुमन राईकै संगीत र एरेन्ज रहेको यो गीतलाई सुनिल दिप्त राईले शब्द रचना गरेका हुन् । काठमाडौको फर्पिङ्गमा छायांकन गरिएको यो गीतको म्युजिक…

स्मार्ट माइक्रो रिसर्च गोदावरीमा बहुभाषिक कविता गोष्ठी तथा अन्तरक्रिया

ललितपुर - नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषा साहित्य विभागसँगको सहकार्यमा स्मार्ट माइक्रो रिसर्चले आयोजना गरेको ‘बहुभाषिक कविता गोष्ठी तथा अन्तरक्रिया’ कार्यक्रममा लेखकहरुको उपस्थितिमा बुधबार गोदावरीस्थित वृन्दावन रिसोर्टको माहौल साहित्यिक–साङ्गीतिक बन्यो । कार्यक्रमको सुरुमा तिलक चाम्लिङले चाम्लिङ भाषाको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरे । चाम्लिङको टिप्पणीमाथि डा.भक्त राईले टिप्पणी गरे । त्यसपछि सुरु भएको बहुभाषिक कविता गोष्ठीमा स्वप्निल स्मृति, चन्द्र रानाहोछा, सोझो गाउँले, साङ्केन बान्तावा, बिना थिङ, विष्णु…