Trending
- मेयर हर्क साम्पाङ्गको तस्विर सगरमाथाको चुचुरोमा
- माङ्पा/नछुङहरुको सुनसरी मोरङ र झापाका छुट्टाछुटै तदर्थ समिती गठन
- किरात राई चाम्लिङ खाम्बातिम बेलायतको आयोजनामा वेलायतमा रहेका नेपालीहरुले धुमधामका साथ साकेला उभौली चाड मनाए
- पवन बान्तावा राईको “तिम्रो जस्तै मन मेरो” सार्वजनिक
- इन्टेक १९९९ का ब्याजी गोर्खालीहरुले २५ सौं रजत जयन्ती भब्य रुपमा मनाए
- “जिन्दगीको यो मोडमा” बोलको म्युजिक भिडियो सार्वजनिक
- “बबाल गर्नुपर्छ” बोलको म्युजिक भिडियो सार्वजनिक
- नेपालीहरुको उत्कृष्ट प्रस्तुति सहित रोचेस्टर स्विप्स फेस्टिभल २०२४ सम्पन्न
- राईजिङ्ग स्टारको विजेता जुनियर तर्फ नियासा प्रधानाङ्ग र सिनियर तर्फ समिका भट्टराई
- बबिना किरातीको “आकाशैमा चिल हो कि बेसारा ” सार्वजनिक
Browsing Category
समाचार
दृष्टि बिहिन गायिका रेणुका राईको “अन्धकार भयो मेरी जीवन” बोलको गीत सार्वजनिक
काठमाडौ - अत्यान्तै मिठो स्वरकी धनि दृष्टि बिहिन गायिका रेणुका राईको स्वरमा "अन्धकार भयो मेरी जीवन" बोलको नयाँ गीत सार्वजनिक भएको छ । गायिका रेनुकाकै जीवन भोगाईमा आधारित उक्त गीत हालै सार्वजनिक भएको हो ।
कोरियामा रहेर नेपाली साहित्य संगीतको सृजना गर्दै आएका गीतकार तथा संगीतकार चन्द्र लामा अनुरागको शब्द -संगीतमा रहेको उक्त गीतलाई बिक्रम कार्कीले एरेन्ज गरेका छन् ।
झापा जिल्लामा जन्मिएकी गायिका रेनुका राईको ९ बर्षकै कलिलो उमेरमा गलत औषधिको कारण आँखाको ज्योति गुमाएकी रेनुका राई जीवन गुजारा गर्न सडकमा गीत गाएर संघर्ष गर्दै…
भक्तपुरमा अपहरण काण्डमा इन्काउन्टरको बेलिबिस्तार
काठमाडौं २४ साउन - गोरखा फुजेलकी गंगामाया अधिकारीका छोरा नुरप्रसादलाई प्रहरीले आइतबार सानेपाबाट नियन्त्रणमा लिएको थियो । कानुनी प्रक्रिया पूरा गरेपछि साँझ वीर हस्पिटलमा नुरप्रसादलाई आमाको जिम्मा लगाउने तयारी हुँदै थियो । अनलाईन खबरले लेखेको छ ।
कान्छा छोरा कृष्णप्रसादका हत्यारालाई कारबाहीको माग गरिरहेकी गंगामायाको अनसन तोड्ने क्रममा जेठा छोरा नुरप्रसादको खोजी गरिदिनु भन्ने गंगामायाको आग्रहअनुरुप प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । र, सोहीअनुरुप महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रमुख डीआईजी मनोज नेउपाने, काठमाडौं…
काठमाडौं मेडिकल कलेज कर्मचारी संगठनमा नेकपाको विजय
काठमाडौ - नेकपाको एकतासँगै मेडिकल क्षेत्रका कर्मचारी संगठनहरुमा नेकपा समर्थित कर्मचारी संगठनले विजय प्राप्त गर्न थालेको छ । आज भएको कर्मचारी संगठनको निर्वाचनमा काठमाडौ मेडिकल कलेज सिनामंगलमा स्वतन्त्र रुपमा विजय हुँदै आएको संगठनलाई तोड्दै नेकपा निकट कर्मचारी संगठनद्वारा विजय हॉंसिल भएको छ ।
जम्मा खसेको मत. ६७० मध्ये ३७३ नेकपा निकट कर्मचारीको पक्षमा रह्यो भने, २९७ कॉंग्रेस निकटमा झर्यो ३ मत बद्दर भएको छ । उक्त कर्मचारी संगठनमा महेश राय अध्यक्ष सहित सबै प्यानल नै विजय भएका छन् ।
कम्युनिष्ट पार्टीले सुरु गरेको समृद्धि मार्फत…
ओली सरकार विचौलियाहरुको कब्जामा छ : नयाँ शक्ति पार्टी, नेपाल
काठमाडौं, १६ साउन । नयाँ शक्ति पार्टी, नेपालकी केन्द्रीय सदस्य, राज्य व्यवस्था तथा संसदीय मामिला विभागकी संयोजक कल्पना धमलाले वर्तमान सरकारलाई प्रतिगमनकारीको संज्ञा दिएकी छिन् ।
रिपोर्टर्स क्लब नेपालमा शुक्रबार राज्य व्यवस्था तथा संसदीय मामिला विभाग र विज्ञ परिषदले संयूक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संयोजक धमलाले सर्वहार वर्गको हितमा नभई वर्तमान सरकार विचौलियाहरुको कब्जामा रहेको दाबी गरेकी छिन् ।
उनले भनिन्,‘वर्तमान सरकार संविधानको कार्यान्वयन र मौलिक हकसम्बन्धी कानून निर्माण गरेर जनताका हक सुनिश्चित्…
अभिनयमा निखारीदै निर्जला सिवाकोटी
रसुवाली कवि / काठमाडौ - निर्जला शिवाकोटी नेपाली कला क्षेत्रमा नयाँ कलाकार हुन । दोलखा जिल्लाबाट कलाकार बन्ने आशा सहित राजधानी आएकी उनी यो क्षेत्रमा पाइला चाल्दै छिन् । हाल उनी घनश्याम तिमल्सिना एन्टिना निर्देशित टेलिसिरियल ए गाठेमा अभिनय गरिरहेकी छन् ।तिमल्सिना उनको अभिनय क्षमता देखेर खुशी छन् ।
उनी भन्छिन् - कलाकारिता मेरो सपना हो लक्ष्य हो ।म यो क्षेत्रमा स्थापित भएर देखाउछु । सानै देखि कलामा रुचि राख्ने उनी विद्यार्थी जीवनमा पनि कलाकारको रूपमा चिनिएकी थिईन् ।
‘भोजपुर दर्पण’ प्रकाशन गरिने
काठमाडौँ, १५ साउन
प्रदेश नम्बर एकमा अवस्थित पहाडी जिल्ला भोजपुरको भौगोलिक, राजनीतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक, साहित्यिक, शिक्षा, खेलकुद, कृषि, उद्योग लगायतका विविध विषयलाई समेटर अनुसन्धानमूलक ग्रन्थ प्रकाशन गरिने भएको छ ।
‘भोजपुर दर्पण’ नाम दिइएको उक्त ग्रन्थलाई ‘भोजपुर मातृभूमि बौद्ध–जोरपाटी एकता समाज, काठमाडौँ’ नामक संस्थाले प्रकाशन गर्न लागेको हो ।
समाजका अध्यक्ष गोविन्द बस्नेतका अनुसार हालै राजधानीमा सम्पन्न भोजपुरसँग सम्बन्धित विद्वानहरूको एक भेलाले ग्रन्थ लेखन कार्यलाई आरम्भ गर्ने निधो गरेको छ ।
ग्रन्थ लेखन…
अलग अभियानको साउन शृङ्खलामा किरण कंडेल र फूलमान वल
ललितपुर - सङ्गीतकार किरण कडेल र कवि फूलमान वलको विशेष उपस्थिति र प्रस्तुतिहित अलग अभियानको साउन शृङ्खला सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै सङ्गीतकार कडेलले मन पगाल्ने र तन नचाउने गरी गीत दुई प्रकारको हुने बताए । दुवै गीतको जरुरी भएको तर अहिले तन नचाउने गीत बढी भएकोप्रति भने चिन्ता व्यक्त गरे । उनले आफ्नो साङ्गीतिक जीवनको संस्मरण सुनाउँदै केही गीत सुनाए ।
त्यसैगरी कवि वलले अलग अभियानको सक्रियता र निरन्तरताको प्रशंसा गर्दै ‘इन्द्रेणी गीत’ ‘इन्द्रेणी गीत’, ‘भुइँचालो’, ‘आजका मान्छे’, ‘शित लहर’ शिर्षकका कविता वाचन गरे ।…
मधुकर पुरस्कारद्वारा प्रा.डा. गिरी सम्मानित
साउन १२ बाँके - बाँकेको नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरी प्रेमप्रकाश मल्ल ‘मधुकर’को ८३ औँ जन्मजयन्ती मनाइयो । उक्त अवसरमा पुरस्कार तथा सम्मान प्रदान गरिनुका साथै बहुभाषिक कवि गोष्ठी आयोजना गरियो । भेरी साहित्य समाज केन्द्रीय समिति नेपालगन्जद्वारा आयोजित उक्त समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. जीवेन्द्र देव गिरीलाई नगद २५ हजार १ सय ११ रुपैयाँ राशिको प्रेमप्रकाश मल्ल ‘मधुकर’ पुरस्कारद्वारा सम्मानित गरियो । समाजका अध्यक्ष प्राज्ञ हरिप्रसाद तिमिल्सेना र संस्थापक…
खोटाङमा ‘हलेसी’-साईनो स्टार २०७५’ आयोजना हुने
चिसाङ शेर्पा / खोटाङ
खोटाङमा बृहत एकल सांगीतिक प्रतियोगिता ‘हलेसी’-साईनो स्टार २०७५’ आयोजना हुने भएको छ । जिल्लाका कुनाकन्दरामा लुकेर रहेका प्रतिभालाई उजागर गरेर विश्वसामु पु-याउनका निम्ति बृहत एकल सांगीतिक प्रतियोगिता हलेसी-साईनो स्टार सञ्चालन हुने भएको हो ।
खोटाङबाट सञ्चालित हलेसी टाईम्स दैनिक पत्रिका र स्थानिय साईनो कला केन्द्र दिक्तेलको संयुक्त आयोजनामा आगामी मंसिर ९ गतेबाट दुइ नगरपालिका, आठ गाउँपालिकामा ‘हलेसी’-साईनो स्टार’ सुरुवात हुने शुक्रबार साईनो कला केन्द्र दिक्तेलमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको थियो ।…
तुम्रोक समाज मलेसियाले थाल्यो आर्थिक संकलन अभियान
आरएन चौधरी थारु / मलेसिया - तुम्रोक एकता समाज मलेसियाले आर्थिक संकलन अभियान सुरु गरेको छ । विभिन्न रोगबाट पीडित आर्थिक अवस्था कम्जोर भएका तीनजनाको उपचार सहयोगको निम्ति तुम्रोक एकता समाज मलेसियाले आर्थिक संकलन अभियान सुरु गरेको तुम्रोक एकता समाज मलेसियाका संस्थापक अध्यक्ष दिल कुमार तुम्रोकले जानकारी दिएका छन् ।
पिडितहरुमा पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नम्बर ६ निवासी देबि तुम्रोकको पाँच बर्षिय छोरा नुगेन तुम्रोकलाई मृगौलामा क्यान्सर भएको छ् भने झहरमान तुम्रोकको छोरी हरिमाया तुम्रोकको टाउकोमा रगत जमेको छ । सोही…