गायिका मीनाको कमलो मन (फोटो फिचर )

0 793

ईन्द्र जिजीबिषा / काठमाडौ – खोटाङ्गमा जन्मिएर नेपाली गीत-संगीतमा विगत केहि बर्षदेखि निरन्तर सक्रिय रहेकी गायिका हुन् मिना राई । दर्जनौ गीतहरु बजारमा ल्याई सकेकी गायिका मिना राई एक सरल अनि मिलनसार पनि छिन् ।

“स्कुले जीवन” “तिमी आयौं जिन्दगीमा” “भन्छन् सबले” “चौतारीको वर ढल्यो” “यो दाजुको”, “आउँ बस” “पिरतीको बैना देउ” “डिम्पल मायालु” जस्ता धेरै गीतहरु बजारमा ल्याई सकेकी गायिका मिना राईले सांगीतिक छोटो यात्रामै स्रोताहरुको मन जित्न सफल भईसकेकी छन् ।

साहित्यमा धेरै रुचि भएकी गायिका मिना राईले थुप्रै गजल कविताहरु पनि लेखेकी छन् । सांगीतिक कार्यक्रमको लागि देश विदेश पुगी सकेकी गायिका मिना राई साधरण पहिरण लगाउन र नेपाली खाना खान रुचाउछिन् ।

उनलाई अहिले डिम्पल मायालु भनेर सबैले चिन्ने गरेका छन् । उनि गीत गाउने मात्रै हैन शब्दमा संगीत पनि गर्ने गरेकी छन् । यसैले बहु प्रतिभाशाली मिना राई सबैको रोजाईमा पर्न थालेकी छन् ।

Loading...