स्वदेश फर्किने क्रममा एयरपोर्टमै बेहोस सुरेश मगरको उद्दार

0 785

मलेसिया –  स्वदेश फर्किन एयरपोर्टमा अध्यागमन बिभाग भित्र जाँचपासकै क्रममा अकस्मात चक्कर लागेर भुईमा ढलि बेहोस भएका सुरेश थापामगरलाई उद्दार गरिएको छ।

अचानक बेहोस भएका मगरलाई एयरपोर्टकै कर्मचारिहरुको सहयोगमा सेर्डाङ अस्पतालमा उपचारको लागी लगिएको थियो । तनहु जिल्ला भिमादका सुरेस थापामगरलाई आदिवासी जनजाति महासङ्घ मलेसियाका केन्द्रिय अध्यक्ष पिटि शेर्पा पिनासा,महासङ्घका क्षेत्रिय समिति ईपो पेराग तथा नेपाल मगर सङ्घ मलेसियाको विशेष सहयोगमा अाजै बेलुकि ६:३०बजे अस्पताल बाट डिस्चार्ज गराइएको हो।जुलाई २३ तारिखका दिन अस्पताल भर्ना भएको उनको उपचार खर्च चार हजार १ सय रिङ्गेट रिङ्गेट पुगेपछि पैसाको अभावमा उपचार खर्च तिर्न नसकेरअस्पतालमै अलपत्र अवस्थामा रहेका थिए।

उपचारको क्रममा खर्च भएका अस्पताललाई तिर्नबाकी रहेको रकम महासङ्घ क्षेत्रिय समिति पेराग तथा उनि कामगर्दै अाएको कम्पनिका सहयोगिसाथीहरुबाट सङ्कलित ३००० / रिङ्गेट तथा नेपाल मगर संघ मलेसियाले १५००/ रिङ्गेट आर्थिक सहयोग गरेपछि उनको खर्चभुक्तान गरिएको हो ।सङ्कलित ४,५००रिङ्गेटमा ४,११२ रिङ्गेट कटाई बाकिरहेको ३८८ ।- रिङ्गेट स्वयम् बिरामी सुरेश थापामगरलाई बुझाईएको र बिरामी स्वयंम पनि महासंघ मलेसियाको क्षेत्रीय समिती इपोको सदस्यसमेत रहेको अध्यक्ष पिटि शेर्पा पिनासाले बताएका छन् ।

Loading...