खुकुरी नचाएर विश्व रेकर्ड राख्दै भोजपुरका किरण राई (भिडियो सहित)
काठमाडौ – भोजपुरका किरण राई गिनिज बुक अफ द वल्ड रेकर्डमा आफ्नो नाम लेखाउन लागि परेका छन् । नाङ्गो हातले धार सहितको नाङ्गो खुकुरीलाई कलात्मक ढंगले नचाउने किरणले नाईन स्टिक तिब्र गतिमा खेलाउनुको साथै लठ्ठिहरु पनि खेलाउने गरेका छन् ।
सुरुमा मार्शल आर्ट सिकेका राईले आफ्नै शैलीमा फरक देखाउने उदेश्यले खुकुरी नचाउन सुरु गरेका हुन् । “मार्शल आर्ट त धेरैले गर्छन्, तर आफूमा केहि फरक देखाउने चाहना भएकोले नै खुकुरी नचाउन सुरु गरेको” राईको भनाई छ ।
भोजपुरमा जन्मिएका राई माओवादी युद्ध कालमा छोटो समयको लागि जन सेनामा समेत काम गरेका थिए । पछि त्यहाँबाट निस्किएको केहि समय पछाडि विदेश जानलाई पासपोर्ट बनाएर काठमाडौ आएका किरण राईको मन खेलकुद तिर तानिएको थियो ।
विगत ५,६ बर्ष अगाडिदेखि खुकुरी नचाउदै आएका राईले मार्शल आर्ट समेत सिकाउदै आएका छन् । राईले नेपाली चलचित्रमा समेत काम गरिसकेका छन् । उनले अभिनय गरेको चलचित्र “यो माया कस्तो माया” बजारमा आउनेक्रममा रहेको राईले नै बताएका छन् ।
अबको राईको योजना भने, गुर्खालिको चिनो खुकुरी नचाएर विश्व सामु नेपाल र नेपालीलाई चिनाउने रहेको छ । सबैको हौशला, साथ् र सपोर्ट पाए चाडै गिनिज बुक अफ द वर्ल्ड रेकर्डमा कृतिमान राख्न सकिने उनले सिलिचुंग टिभिलाई बताएका छन् ।
थप जानकारीको लागि भिडियो हेर्नुहोला