बबिना किरातीको ”घिन घिन मादल” सार्वजनिक (भिडियो सहित)
रिमा विश्कर्मा र गान्दिब सुवेदी म्युजिक भिडियोमा
ईन्द्र जिजीबिषा / काठमाडौ – पछिल्लो समयकी चर्चित गायिका बबिना किरातीको स्वरमा ”घिन घिन मादल” बजारमा आएको छ । “बेचिदिन्थे यो जवानी, किन्ने कोहि भई दिए” “माथि माथि हिमाली भेगमा” जस्ता चर्चित गीत लगायत थुप्रै आधुनिक, लोक र चलचित्रहरुको गीतहरुमा आफ्नो स्वर दिएर चर्चामा आएकी गायिकाको यो पछिल्लो पटक सार्वजनिक गीत हो ।
उत्तम खुजुमको शब्द रचनालाई कोरियामा रहेर नेपाली गीत-संगीतमा तहल्का मच्याईरहेका संगीतकार डि आर अटुले संगीत गरेका छन् । अब्बल संगीतकार डिआर अटुको अधिकांश संगीतहरु स्रोताहरुले मनपराएका छन् । सार्वजनिक गीतको एरेन्ज राजु कार्कीले गरेका छन् भने मिक्सिङ्ग र मास्टरिङ्ग किशोर थापाले गरेका हुन् ।
यो गीतको म्युजिक भिडियोमा चर्चित मोडेल रिमा विश्कर्मा र गान्दिब सुवेदीले अभिनय गरेका छन् ।उत्सव दाहालले छायांकन गरेको म्युजिक भिडियोलाई निशान घिमिरेले सम्पादन र युवराज वाइवाले निर्देशन गरेका हुन् ।
“उत्तम खजुम आदम्य” गीति एल्बममा रहेको यो गीतको म्युजिक भिडियोको कोरियो ग्राफर मनिता गहतराजले गरेकी हुन् भने मेकअप स्मृति श्रेष्ठले गरेकी हुन् ।
भिडियो यहाँ हेर्नुहोला