निगमको पहिलो वाइडबडी एयरबस जहाज असार १४ गते काठमाडौं आउने
काठमाडौं ८ असार – नेपाल वायुसेवा निगमको पहिलो वाइडबडी एयरबस ए ३३०-२०० जहाज असार १४ गते काठमाडौं आउने भएको छ । फ्रान्सको टुलुसबाट सीधा ‘फेरी फ्लाइट’ भरेर विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने बताईएको छ ।
फ्रान्सदेखिकाठमाडौ सम्म ८ घण्टाको यात्रा तय गर्दै विमान विहान ८ बजे आसपासको समयमा नेपालमा अवतरण हुने बताईएको छ।
निगमले अमेरिकी कम्पनी एएआरसँग दुईवटा वाइडबडी जहाज दुबै विमान २ सय ९ दशमलव ६ मिलियन अमेरिकन डलर अर्थात २१ अर्ब ९० करोड रूपैयाँमा खरिद गर्न लागेको हो ।
वाइडबडी विमानलाई सुरुआतमा साउदीको रियाद, हङकङ, मलेसियको क्वाललालाम्पुरर, कतारको दोहा, दुबई लगायतका गन्तब्यमा उडाउने योजना बनाइएको छ । केही समयपछि प्रक्रिया पुरा गरेर कोरिया र जापान पनि वाइडबडी विमानमार्फ सेवा थालिने बताईएको छ ।
नयाँ एयरबस २७४ सिट क्षमताको हुनेछ । जसमा १८ वटा बिजनेश क्लासका सिट हुनेछन् । ‘यो एयरबसको प्रत्येक सिटका अघि टच स्क्रिन सुविधासहितको स्मार्ट इन्फोटेन्मेन्ट सिस्टम पनि छ । जसमा नेपालीसहित विभिन्न भाषामा राखिएका गीत/संगीत तथा चलचित्र हेर्न सकिनेछ ।