प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेता कार्यकर्ताको गरे आलोचना

0 621

काठमाडौं १ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेता कार्यकर्ताको आलोचना गरेका छन् । विपक्षीहरु एकजुट भएर सरकारमाथि आक्रमण गरिरहेको तर, पार्टी नेता कार्यकर्ताले सरकारका राम्रा काम तथा नीतिको समेत प्रतिरक्षा नगरेको भन्दै आलोचना गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यालय धुम्बाराहीमा कार्यकर्तासँगको भेटघाटमा उक्त आलोचना गरेका हुन् । “कुनै विषय पाएका छैनन् । भर्खर बनेको सरकारलाई पहिल्यै भत्किएका बाटाहरु देखाएर तमासा गर्दैछन्” प्रधानमन्त्री केपी शर्मा ओलीले भने।

“बहुमत ल्याउने पार्टीमा लेख्न र बोल्न जान्ने कोही छैन जस्तो भएको उनले बताए । यत्रो पंक्तिमा कोही लेख्न जान्ने मान्छे छ नै जस्तो लाग्दैन किनकी कसैले लेखेको देखिँदैन’ उनले भने, ‘कोही बोल्न जान्ने छ जस्तो पनि लाग्दैन । कोही बोलेको सुनिदैन । सरकारले राम्रो काम गरिरहेको छ, त्यसको प्रतिरक्षा हुँदैन” प्रधानमन्त्री केपी शर्मा ओलीले भने ।

“सरकार कसैको दबाबमा परेर निर्णय नगर्ने पनि जिकिर गर्दै ‘संविधान, नियम, कानुन र विधिअनुसार सरकारले काम गर्ने र ‘जसले जे माग राख्यो त्यो पुरा गर्ने, कसैले थर्काउदा थर्किने वा दबाबमा परेर निर्णय नगर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताए ।’

दुई चार महिनामै समृद्धि हासिल गर्न नसकिने भन्दै ‘चुनाव भन्दा अघिको सरकारले देशमा जथाभावी गरेकोले त्यसलाई सही ठाउँमा ल्याउन पनि समय लागेको बताए ।

Loading...