ब्याकहोय लोडर चलाउदै दिपा
भक्तपुरको सानोठिमीस्थित युसेप नेपाल अन्तरगत संचालित प्राविधिक शिक्षालयमा ब्याकहोय लोडर चलाउन सिकिरहेकी छन् दीपा वाग्ले अधिकारी । इटहरीमा ई-रिक्सा चलाइरहेकी उनी हेभी मेसिन ब्याकहोय लोडर चलाउन सिक्ने छात्रवृति पाएपछि भक्तपुर आएकी हुन् ।
सधै केहि न केहि नयाँ काम गर्न चाहने दिपा यो भन्दा अघि पनि ब्याकहोय लोडर चलाउन सिक्नकै लागि इटहरी उप-महानगरपालिकामा सह-चालक भएर केही समय काम गरेकी थिईन् ।
अहिले प्रशिक्षणको अन्तिम चरणमा रहेकी दिपा अब लाईसेन्स लिएर ब्याकहोय लोडर चलाउने बताउछिन् । आफूलाई सानै देखि ब्याकहोय लोडर चलाउने रहर भएको कारणले नै आज सफल भएको दिपाको भनाई छ ।
हरेक मान्छे स्वरोजगार बन्नु पर्ने र आफ्नो लागि आफै गर्नुपर्ने बताउछिन् दिपा । आफूलाई जे गर्न इच्छा हुन्छ त्यहि गर्नुपर्छ तर निरन्तरता भने हुनुपर्छ। निरन्तरताकै कारण सफल हुने उनको भनाई छ।
इ-रिक्सा चलाउदा मनग्य आम्दानि गर्ने दिपा ब्याकहोय लोडर चलाउन सुरु गरेपछि झन् आत्मनिर्भर बन्न सकिने बताउछिन् । ब्याकहोय लोडर चलाएपछि अब ग्रेडर चलाउने आफ्नो चाहना रहेको बताउछिन् दिपा।
दिपा वाग्ले अधिकारी संग गरिएको भिडियो कुराकानी