“बुवा आमा” बोलको म्युजिक भिडियो सार्वजनिक
काठमाडौ – बुवाको मुख हेर्ने दिनको अवसर पारेर भिज्युल अडियो क्रियसनले “बुवा आमा” बोलको म्युजिक भिडियो सार्वजनिक गरेको छ। गौरव राईको स्वर जोया श्रेष्ठको शब्द रचना, पुष्पन प्रधानको संगीत, देवेश राईको एरेन्ज रहेको उक्त गीत जन्मदिने बुवा प्रति समर्पित रहेको गीतकारले बताएकी छन् ।
बाल्यकालमा बुवाको हरेक बोलीहरु गालि झैँ लाग्ने तर बुझ्ने भएपछि बुवाको त्यो गालि हैन छोराछोरी प्रतिको माया रहेको भन्ने गीतको म्युजिक भिडियोले संदेश दिएको छ।
सार्वजनिक म्युजिक भिडियोमा रिजुन परियार, राधा श्रेष्ठ, लक्ष्मीनाथ तिमिल्सिना,रत्नमान आँशु, आशुतोष राई, किरात बिन्द्र र सेविता अधिकारीले अभिनय गरेका छन्।
अनिल कटवालको छायांकन, सम्पादन र निर्देशनमा तयार भएको म्युजिक भिडियोमा राजु वाइवाले शृंगार गरेका हुन्।
म्युजिक भिडियो यहाँ हेर्नुहोला
कलाकार टिम संगको अन्तर्वार्ता