मिरादेवी राई र प्रमोद खरेलको डिस्को पार्टि (भिडियो सहित)

0 1,221

काठमाडौ – चर्चित गायिका तथा गीतकार मीरादेवी राईको स्वर तथा शब्द रचनामा नयाँ डान्सिङ्ग गीत सार्वजनिक भएको छ । चर्चित गायक प्रमोद खरेल र मीरादेवी राईको स्वर रहेको “डिस्को पार्टि” बोलको गीत सार्वजनिक भएको हो ।

डायस्पोरामा रहेर नेपाली गीत-गीतमा निरन्तर लागि रहेकी छन् मिरादेवी राई । एक दर्जन भन्दा धेरै गीतको शब्दरचना गरी सकेकी मिराको स्वरमा यो गीत भन्दा अगाडि “ठमेलको बजारमा” बोलको गीतलाई दर्शक स्रोताहरुले निक्कै मन पराएका थिए ।

सार्वजनिक “डिस्को पार्टी” बोलको गीतमा नविन कार्कीले संगीत गरेका छन् भने मिक्सिङ्ग र मास्टरिङ्ग प्रकाश मिश्रले गरेका हुन् ।

प्रेम, आयुष्मा र ममताले अभिनय गरेको यो गीतको म्युजिक भिडियोलाई नरेश आयरले छायांकन गरेका हुन् । मिन रावलले सम्पादन गरेको यो गीतको म्युजिक भिडियो निक्कै राम्रो बनेको छ ।

म्युजिक भिडियो यहाँ हेर्नुहोला

Loading...