“फिल फिल जामा” बोलको नयाँ तामाङ्ग सेलो गीत सार्वजनिक (भिडियो सहित)

0 787

ईन्द्र जिजीबिषा – काठमाडौ । “फिल फिल जामा” बोलको नयाँ तामाङ्ग सेलो गीत सार्वजनिक भएको छ । भक्तपुरमा एक कार्यक्रमको आयोजना गरेर उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गायक चन्द्र दोङ्ग लामाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै “फिल फिल जामा” बोलको गीत र म्युजिक भिडियो आफूलाई निक्कै राम्रो लागेको बताए ।

विरे तामाङ्ग र जितु लोपचनको स्वरमा रहेको उक्त गीतलाई तामाङ्ग दोहोरि भनिए पनि यो गीत डान्सिङ्ग रहेको छ । कुमार स्याङ्ग्बोको शब्द रचना रहेको यो गीतको संगीत भने बिशाल कल्तानले गरेका हुन् । चन्द शिंहको एरेन्ज गरेको यो गीतमा दिपेश प्रधानले मिक्सिङ्ग गरेका हुन् ।

चर्चित मोडल निरन्जली लामा र कुमार मोक्तानले अभिनय गरेको यो म्युजिक भिडियोलाई सुर्य लामाले छायांकन गरेका हुन् भने सम्पादन र कलरिङ्ग पनि सुर्य लामाले नै गरेका छन् । सपना लम्सालले शृंगार गरेको “फिल फिल जामा” बोलको म्युजिकलाई प्रतिक न्गेस्युरले निर्देशन गरेका छन् ।

गायक विरे तामाङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि चन्द्र चन्द्र कुमार दोङ्ग रहेका थिए भने, तामाङ्ग संघका अध्यक्ष संजिव वाइवा विशेष अतिथि रहेका थिए । कार्यक्रममा नायिका रश्मि ब्लोन लगायत अन्य विशिष्ट अतिथिहरुको साथै अन्य आम गीत – संगीतका पारखीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

म्युजिक भिडियो यहाँ हेर्नुहोला

Loading...