खोटाङ सेवा समाज युकेद्वारा खोटाङका जयकुमार राई र डाक्टर धनप्रसाद सुवेदी सम्मानित
काठमाडौँ । खोटाङ सेवा समाज युके (बेलायत)ले एक कार्यक्रम गरेर खोटाङका एक जनालाई ‘नागरिक सम्मान’ र अर्का एक जनालाई ‘खोटाङ प्रतिभा पुरस्कार’ प्रदान गरेको छ ।
लामो समयदेखि बेलायतमा कर्मथलो बनाएर बसेका खोटाङेले स्थापना गरेको संस्थाले शिक्षाविद् एवम् समाजसेवी जयकुमार राईलाई ‘नागरिक सम्मान’ र साहित्यकार एवम् प्राध्यापक डाक्टर धनप्रसाद सुवेदीलाई ‘खोटाङ प्रतिभा पुरस्कार’ प्रदान गरेको हो ।
खोटाङ सेवा समाजले शिक्षाविद् राईलाई नगद रु ५० हजार र ताम्रपत्र सहितको ‘नागरिक सम्मान’ र प्राध्यापक डाक्टर सुवेदीलाई नगद २५ हजार र सम्मान पत्रले ‘खोटाङ प्रतिभा पुरस्कार’ प्रमुख अतिथि वरिष्ठ चलचित्र निर्देशक तुलशी घिमिरेको हातबाट प्रदान गरेको हो ।
विगत लामो समयदेखि खोटाङ सेवा समाजले खोटाङमा विशेष योगदान गर्दै आएका विशिष्ट व्याक्तीहरुलाई प्रोत्साहन र हौशला स्वरुप यो पुरस्कार प्रदान गर्दै आएको छ पुरस्कृत गर्दै आएको छ । पुरस्कृत प्राध्यापक डाक्टर सुवेदी अध्यापनको सिलसिलामा चीनमा रहनु भएक्कोले उहाँले प्राप्त गर्नु भएको पुरस्कार उहाँकी श्रीमती डाक्टर यादेवी ढकालले ग्रहण गर्नुभएको थियो ।
साहित्यकार तथा ब्रिटिस आर्मी क्याप्टेन जगत नवोदितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खोटाङ घर भई राजधानी काठमाडौँ बसोबास गरिरहनुभएका शिक्षाविद्, समाजसेवी, साहित्य तथा सङ्गीतकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सम्मानित शिक्षाविद् राईको बारेमा डाक्टर विष्णु राई र प्राध्यापक डाक्टर सुवेदीको परिचय टङ्क भट्टराईले गराउनुभएको थियो ।
भिडियोमा हेर्नुहोस बाँकी