आगोको लप्का हाइकु संग्रहको अन्तरक्रिया कार्यक्रम सम्पन्न

0 1,110

विचारी चाम्लिङ्ग / काठमाडौ – आकृति प्रकृति प्रकाशनको संयोजनमा ,वरिष्ठ साहित्यकार पुष्कर लोहनीको सभापतित्वमा आगोको लप्का हाइकु संग्रहको अन्तरक्रिया सम्पन्न भएको छ । आकृति प्रकृतिले हाइकु संग्रहको पहिलो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

जापानी कविता भन्ने वित्तिकै हाइकु र तान्का भन्ने बुझिन्छ । जापानी र नेपाली भाषाका ध्वनी र उच्चारण फरक हुने भएकाले पनि शब्दचयनहरु गर्दा लेखकहरु सचेत रहन आवश्यक छ । हाइकु एउटा सुत्रात्मक शैलीको कविता हो । जापानमा यो कविताले निकै प्रशिद्धि कमाएको छ । सातौँ आठौँ शताव्दीमा यसको विकास भएको पाइन्छ । खाञ्जी लिपीमा धेरै लेखिएका छन् । हामी नेपाली लेखहरु यसमा निकै सचेत भएर कलम चलाउँनु पर्ने देखिन्छ ।

उक्त कार्यक्रम कवि वैरागी जेठाले सञ्चालन गरेका थिए । आगोको लप्का हाइकु संग्रहका लेखकले सबैजनालाई हार्दिक आभार प्रकट गर्नु भएको थियो । सबै जना उपस्थिति रहनु भएका साहित्यिक साथीहरुमा उहाँले दिनुभएका गहन विचारहरुलाई हामी मनन् गर्ने छौँ ।

उक्त कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवम् उपत्यका सार्वजनीक पुस्ताकालयका अध्यक्ष तिर्थ वन्तको रहेको थियो । अथिति प्राडा. मानफ्रेद गेर्हार्द थ्रोई, डा.घनश्या परिश्रमी ,महेश पौडेल ,ई.विष्णु वहादुर सिंह ,लगायतका साथीहरुले हाइकु संग्रहमा रहेका सिर्जनाहरुको बारेमा बोलेका थिए ।

Loading...