बहुभाषिक सङ्गीत उत्सवको तयारी पूरा

0 795

२४ वैशाख २०७६ – प्रदेश नम्बर एकको इटहरीमा आयोजना हुने एक नम्बर प्रदेशस्तरीय बहुभाषिक सङ्गीत उत्सवको सबै तयारी पूरा भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख एवम् उत्सव संयोजक प्राज्ञ अशोककुमार राईका अनुसार प्रज्ञा–प्रतिष्ठानको आयोजना र सङ्गीत साधना प्रतिष्ठान, नेपाल, इटहरीको स्थानीय आयोजनामा शुक्रबारदेखि सुरु हुने उत्सवको सबै तयारी पूरा भएको हो ।

प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने उत्सवमा सङ्गीत विमर्शका साथै बहुभाषिक साङ्गीतिक प्रस्तुत हुनेछ । उत्सवमा १२ भाषाका सङ्गीत प्रस्तुत हुने स्थानीय संयोजक राम धामीले जानकारी दिए ।

Loading...