लिम्बु चलचित्र ‘के साङ्ला ‘ कोरियामा प्रदर्शन हुने

0 869

टंकेश लिम्बू ,दक्षिण कोरिया
लोकेन साँवाको लेखन तथा निर्देशन रहेको लिम्बू चलचित्र ‘के साङ्ला’ सिरिजङ्गा इन्टरटेन्टमेन्ट ग्रूप दक्षिण कोरियाको आयोजनामा कोरियाको राजधानि सउल एम टि यू हलमा फेब्रुअरि ३ का दिन विशेष प्रदर्शनी हुदैछ ।चोकफुङ ईन्टरटेमेण्टको ब्यानरमा तयार भएको यस चलचित्रले लिम्बू भाषा, गीत, संगीत, संस्कृति, भेषभुषा र पहिचनको जागरुप र जगेर्ना गर्ने उदेश्यले चलचित्र निर्माण भएको निर्देशक साँवाले बताएका छन् ।मुख्य नायक भिम तुम्बाहाम्फेको प्रस्तुति रहेको यस चलचित्रमा कलाकारहरु लक्ष्मी योङहाङ, विशाल सेनेहाङ, याम्निङ्वा योङहाङ, मेनका सावदेन, सनम पहाङ्गो लिम्बू, हर्क बहादुर लुम्फुङवा, चन्द्र कुमार लेक्वा, महिमा लिम्बू, गंगा तुम्बाहाम्फे, भूपेन्द्र तुम्बाहाम्फे, दिनेश माङ्मु आदि कलाकार छन् ।

देवेन्द्र सुर्केलीको पटकथा, भूपेन्द्र तुम्बाहाम्फेको छायांकन, गीत छाँयाकंन अर्जुन तिवारिले गरेका हुन भने सहयोग निर्देशन र कोरियोग्राफी दिनेश माङमु लिम्बूको रहेको चलचित्रको सम्पादन मुख्य बिपिन मल्ल, राम प्रसाद चौधरी र बुद्ध थापा मगरले गरेका छन। उक्त फिलामो निर्माण फिपरानी पङ्धाक, बिष्णु कुमार पङ्धाक, भिम कुमार तुम्बाहाङ्फे र सन्जय तुम्बाहाङ्फेले गरेका हुन् ।

चलचित्र लिम्बू भाषामा रहेतापनी नेपाली सब टाइटलमा देख्न सकिने छ, लिम्बूभाषा अनुवाद सागर केरुङ र देबेन्द्र सुर्केलीले गरेका हुन् भने ड्रोन मेगराज मगराती र नागिन धिमालले चलाएका हुन् ।’पछिल्लो समय लिम्बू भाषा तथा सँस्कृति लोपहुन लागेकाले ‘के साङ्ला’ फिल्म प्रदर्शनले लिम्बू भाषा तथा सँस्कृति जगेर्ना गर्न मद्दत पुग्ने सिरिजंगा इन्टरटेन्टमेन्टका संयोजक हाङ चेम्जोङ ले बताएका छन् ।

Loading...