किरात राई यायोक्खा बुसान दक्षिण कोरियाको अध्यक्षमा दोस्तिहाङ राई
दक्षिण कोरिया – किरात राई यायोक्खा बुसान दक्षिण कोरियाको दोस्रो अधिवेशन डिसेम्बर ३० तारिकमा सम्पन्न भएको छ । अधिबेशन् बाट अध्यक्षमा दोस्तिहाङ राई निर्विरोध चुनिएका छन् ।
किराया बुसान स्थापनाकालदेखि नै आफ्नो कला, भाषा, संस्कार, संस्कृतिको संरक्षण विकास र सम्बर्द्धनमाजोड दिदै दक्षिण कोरियामा रहेका नेपालीहरु चाहे त्यो जुनसुकै क्षेत्र, वर्गसमुदाय तथा जातिको भएपनि सबैलाई सकेको मद्दत गर्दै सामाजिक क्षेत्रमा समेत उतिकै सक्रिय रहेको छ ।
संस्थाको दोस्रो अधिवेशनमा किरात राई यायोक्खा दक्षिण कोरियाका अध्यक्ष बालकृष्ण बान्तावा, किराया बुसानका संस्थापक अध्यक्ष रबिन राई, एन सि सि बुसानका अध्यक्ष संगित अधिकारी , एनआरएनए बुसानका अध्यक्ष उमेश मेवाहाङ राई , आदिवासी जनजाति महासंघ ख्यङ्साङ्नाम्दो बुसानका अध्यक्ष तपस तामाङ लगायत अन्य दर्जनौ संघसंस्थाको प्रतिनिधि उपस्थिति रहेका थिए ।
नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष – दोस्तिहाङ राई,बरिष्ठ उपाध्यक्ष- मिना राई , उपाध्यक्ष – पवन दुमि राई , उपाध्यक्ष – ल्युलन राई , महासचिव- तगेन्द्र राई, सचिव – हेमन्त खिम्बुले राई , सचिव- सुजन राई, कोषाध्यक्ष – पुजन राई, सह- कोषाध्यक्ष – शिला राई, सदस्य- म्यक्स राई, सदस्य- अप्सरा राई, सदस्य -पर्शुराम राई, सदस्य- मेनुका राई रहेका छन् ।