लेखु सहयात्री र बबिना किरातीको नयाँ गीत “लाल्टिन बालेर”
काठमाडौ – “लाल्टिन बालेर” बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । लेखु सहयात्री र बबिना किरातीको स्वरमा रहेको नयाँ गीत “लाल्टिन बालेर” को म्युजिक भिडियो सार्वजनिक भएको हो ।
अम्बिका गुरुङको शब्द रचनामा रहेको यो गीतलाई कोशिश क्षेत्रीले संगीत भरेका छन् भने उदयराज पौडेलको संगीत संयोजन रहेको छ । श्याम स्विट रसाईलॆको मिक्सिङ्ग र मास्टरिङ्ग रहेको यो नयाँ डिजे गीत निक्कै नै उत्कृष्ट रहेको छ ।
भीमफेदी गाईजको सशक्त अभिनय र धमाकेदार डान्स रहेको यो गीतको म्युजिक भिडियोमा सृष्टि खड्का र भीमफेदी गाईजको फिचरिङ्ग रहेको छ । उत्सव दाहालले छायांकन गरेको यो गीतको म्युजिक भिडियोलाई विकास दाहालले म्युजिक भिडियो सम्पादन गरेका हुन् ।
विक्रम राई, जोशेफ शाही ठकुरी, पुरुषोतम सुवेदी र सुमन केसीको कोरस नृत्य रहेको यो गीतको म्युजिक भिडियोलाई निशान कस्यापले निर्देशन गरेका छन् ।
म्युजिक भिडियो यहाँ हेर्नुहोला