देबेन्द्र खेरेसको कविता संग्रह ‘कोलम्बस यात्रा’ को लोकार्पण

0 698
कवि देबेन्द्र खेरेस

काठमाडौ – कवि देबेन्द्र खेरेसको कविता संग्रह ‘कोलम्बस यात्रा’ को लोकार्पण गरिएको छ । नेपाली वाङ्मय परिषद् (नेपाल) र नेपाली प्रतिभा प्रतिष्ठान (बेलायत)को संयुक्त आयोजनामा राजधानीको बागबजारस्थित होटेल हार्दिकमा प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति तथा वरिष्ठ साहित्यकार वैरागी काईलाको प्रमुख आतिथ्यतामा कवि देबेन्द्र खेरेसको कविता संग्रह ‘कोलम्बस यात्रा’को लोकार्पण गरिएको हो ।

प्रवासी भूमि वेलायतमा रहेर नेपाली साहित्यको क्षेत्रमा कलम चलाई रहेका खेरेसको यो तेस्रो कविता संग्रह हो । खेरेसले यो भन्दा अगाडि “रुङरीको वयान” र “नदीको किनार” कविता संग्रह बजारमा ल्याई सकेका छन् । खेरेसको तेस्रो कविता संग्रह ‘कोलम्बस यात्रा’मा ३१ वटा कविता कविताहरु संग्रहित छन् । कविता संग्रह भित्र अनुभूति, जातिय भेदभाव, युद्ध र प्रेमका बयानहरू गरिएका छन् । अत्यान्तै सरल र मिठास शब्दहरुले भरिएका कविताहरु निक्कै नै उत्कृष्ट रहेका छन् ।

वैरागी काईला

कार्यक्रमा प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति तथा वरिष्ठ साहित्यकार वैरागी काईंलाले खेरेसको कविताहरु निक्कै नै उत्कृष्ट रहेको बताउदै देश बाहिर बस्नेहरुलाई देशको माया साच्चिकै धेरै हुने बताए ।  प्रमुख अतिथि वैरागी काईलाले परदेशबाट स्वदेशलाई नियालेर कविताको माध्यमबाट कवि खेरेसले व्याक्त गरेको बताए | डायस्पोरामा लेखेका साहित्यहरु पढ्न मात्रै हैन अब डायस्पोरा साहित्य विभाग पनि खोलियो भने डायस्पोरामा लेखिएका साहित्यलाई साच्चिकै न्याय दिन सकिने पनि प्रमुख अतिथि काईलाले बताए ।

यस्तै कार्यक्रममा साहित्यकार तथा प्राज्ञ श्रवण मुकारुङ्गले कविता संग्रह ‘कोलम्बस यात्रा’ भित्रका कविताहरु उत्कृष्ट रहेको बताउदै आफूले यो संग्रह तिन पटक पढेको बताए । अब वेलायतमा लेखिने कवितामा पनि कविताहरु बीच तुलना गर्दै साहित्यका लागि विचार विमर्श गरिनु पर्ने पनि प्राज्ञ श्रवण मुकारुङ्गले बताए ।

कविता संग्रह ‘कोलम्बस यात्रा’ को समिक्षा गर्दै साहित्यकार शुरेश हाँचेकालीले जसरी कोलम्बसले एउटा लामो यात्रा पार गरेर अमेरिका पता लगाए, त्यसरी नै यो कविता संग्रहका सर्जक खेरेसले पनि कविता लेखन क्षेत्रमा एउटा लामो यात्रा पार गरेर यहाँ सम्म आइ पुगेकाले यो संग्रह भित्र पनि खारिएका र परिपक्क कविताहरु रहेको बताए । कवि खेरेसको साहित्यिक यात्रा उज्वल रहेपनि यतिले मात्र नपुग्ने बताउदै आफ्नो लेखन यात्रा निरन्तर अगाडि बढाउदै नेपाली साहित्यिक क्षेत्रमा अझ अरु ईटाहरु पनि थ्यप्नु पर्ने बताए ।

कार्यक्रममा सभापतिको आशनबाट बोल्दै प्राज्ञ शशि लुमुम्बुले कवि खेरेस कविता लेखनमा मात्रै नभएर एक समाजसेवी भएकाले कोमल हृदय भएका कवि खेरेसका कविताहरुले जो कोहीको पनि सजिलै मन छुन सक्ने बताए ।

साहित्यकार टिका चाम्लिङ्गले संचालन गरेको कार्यक्रमा साहित्यकार जसराज किरातीले पनि खेरेसको कविता अत्यान्तै राम्रा भएको बताए ।

शशि लुमुम्बु

Loading...