कवि जंग पहाडीको कवितामा नाटक (भिडियो सहित )

कविता वाचन संगै नाटक पनि मञ्चन

0 840

काठमाडौं – कवि जंग पहाडीको एकल कवितामा नाटक मञ्चन भएको छ । पहाडीको कविता नाटक राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा भएको मञ्चन हो ।

साँस्कृतिक संस्थान ,एमआर थिएटर र कला साहित्य मन्दिरको संयुक्त आयोजनामा सपन्न कार्यक्रममा पहाडीले एक दर्जन कविता बाचन गरेका थिए । कविता वाचन संगै नाटक पनि मञ्चन भएको थियो । राष्ट्रिय जन सांस्कृतिक महासंघ नेपालका अध्यक्ष खगेन्द्र राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा सांस्कृतिक संस्थानकै २३ औँ ब्याजका अभिनय विधाका विद्यार्थीहरुले नाटकमा अभिनय गरेका थिए ।

नाटकमा देसना टण्डन ,अशिम गुरुङ , लक्ष्मी तामाङ्ग, जुना अछामी, ईश्वर थापा,सबिन भट्टराई, गीता राई, गीता थापा, सबनम सिलवाल, संखर अछामी, रामचन्द्र सिवाकोटी, क्षितिज घिसिङ्ग,हिरोज लोप्चन, रुपा पौड्याल, दिपेन भण्डारी, राजन बानिया, अमितेश कर्ण, मनिषा खातुन, खप्पु चंचल मगर, छेमी डोल्कर शेर्पा आदिको अभिनय रहेको थियो

उक्त कार्यक्रममा ‘ तिम्रो चित्रमा ’ कविताबाट वाचन गरेका कवि पहाडीले ‘ सपनाले ब्युझाई दिएको रात ’ ‘ एउटा एकल साझ ’ ‘ तुवालो लागेको आकाश ’ ‘ सेतो सिसा ’ ‘ अराजक बादर ’ ‘ सेतेकी आमा र रिक्सा ’ ‘ मानव सरोबर ‘ आदि वाचन गरेका थिए । क्रमश यसका सहायक निर्देशक – सवनम सिलवाल, गीता थापा, अमृत स्वार, दिपेन भण्डारी , लक्ष्मी तामाङ, इश्वर थापा, जुना अछामी अमितेश कर्ण , फौद बाबुले नाटकमा निर्देशन गरेका थिए , भने यसका प्रमुख निर्देशक बिरेन्द्र हमालले गरेका थिए । कार्यक्रमको सञ्चालन भने राजेन्द्र सलबले गरेका थिए ।

Loading...