अर्जेन्टिना नकआउट चरणमा पुग्ने न्युन सम्भावना

क्रोएसिया संग ३-० को हार

0 990

काठमाडौं ८ असार – विश्वकप फुटबलमा अर्जेन्टिनाले क्रोएसियासँग लज्जास्पद हार व्यहोरे संगै समूह चरणबाटै बाहिरिने खत्रा बढेको छ । क्रोएसिया भने समूह डीबाट नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ । बिहीबार भएको खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३-० ले पराजित गरेको थियो ।

क्रोएसियाका एन्टे रेबिकले सुरुवाति गोल गरेका थिए । लुका मोडरिकले ८० औं मिनेटमा थप अर्को गोल गरे । क्रोएसियाको जित पक्का भइसकेको थियो तर, इन्जुरी टाइममा इभान राकिटिकले गोल थप्दै क्रोएसिया ३-० को अग्रता लियो ।

अब अर्जेन्टिनाको विश्वकपको यात्रा आफ्नो हातमा छैन । पहिलोे खेलमा आइसल्याण्डसँग १-१ को बराबरी खेलेको उसको १ अंक मात्र छ र समूह चरणको अन्तिम खेलमा नाइजेरियासँग खेल्नेछ ।

तर, यदि भोलि आइसल्याण्डले नाइजेरियालाई हरायो भने अन्तिम खेलमा क्रोएसियासँग बराबरी खेल्दा नकआउट चरणमा पुग्छ ।

Loading...