मेरो कार्यकाल भरी जनताले परिवर्तनको प्रत्यक्ष अनुभूति गर्ने खालको कामहरु गर्दै जाने छु -सिता खतिवडा

0 2,309

ककनी गाउँ पालिकाका उप- प्रमुख सिता खतिवडा संग सिलिचुङ्ग टेलिभिजनका वरिष्ठ सम्वाददाता तथा अन्तराष्ट्रिय व्युरो प्रमुख विचारी चाम्लिङ्गले गरेको भला कुसारीको सम्पादित अंश ।

यहाँले ककनी गाउँ पालिकालाई नेतृत्व गरेको लगभग १६ महिना नाघी सकेको छ । विकास र समृद्धिलाई कसरी अगाडि बढाइ रहनु भएको छ ?

मैले सोह्र महिनाको अन्तरालमा सडक, खानेपानी, कृषि पशुपालन, कृषि अनुदान, सिप विकास जस्ता कार्यलाई बढवा दिनका साथै जनप्रतिनिधिहरुको हैसियतबाट सम्पादन गर्नु पर्ने नियमित कार्यहरु केहि शैद्धान्तिक ऐन नियम तथा नियमावलीको अस्पष्टताको बिचमा थोरै स्रोत साधन र असिमित जनताको अपेक्षालाई सम्बोधन गर्नु मध्यकालीन तथा दिर्धकालिन योजना विकास र कार्यक्रम बनाउन महत्वपुर्ण कार्यका साथ् अगाडि बढि रहेका छौं ।

विकासलाई द्रुतगतिमा अगाडि बढाउन के-कस्ता दिर्घकालिन र अल्पकालीन योजनाहरु बनाउदै हुनुहुन्छ ?
विकासका लागि यस गाउँ पालिकालाई नगरकोट संगै पर्यटन विकास क्षेत्र घोषणा भएको हो । बुढानिलकण्ठ बाट ककनी सम्म केवल कार ल्याउने योजनाहरु छन् । दुई वटा सडकहरुलाई एक-एक करोडका दरले छुट्याइ सकिएको छ । गुणस्तरिय प्राविधिक शिक्षा, वैज्ञानिक तथा व्यावहारिक कृषि, सडकका पहुँच,भरपर्दो बिजुली, आम नागरिकहरुलाई स्वस्थ्यामा सहजता स्थानिय बाट जनताले पाउने हरेक सेवा सुविधामा सरलीकरण, सुद्ध खानेपानी, रोजगारी लगायतका महत्वपुर्ण विषयहरुमा प्राथमिकताको साथ् युद्ध स्तरले अगाडि बढाई रहेको छु ।

स्थानिय तहबाटै धेरै किसिमका ऐन कानुन बनाउनु पर्ने हुँदा यसमा के गर्दै हुनुहुन्छ ?

हामीले सम्बधित क्षेत्रका विज्ञ तथा सरोकारहरुको साधन छलफलमा छौं । स्थानिय तहको सबै कानुन मस्यौदाका तयारी अन्तिम्चरणमा पुगेको छ ।

शिक्षा, स्वास्थ्य जस्तो संवेदनशिल विषयहरुमा के-कस्ता कार्यनीतिहरु तर्जुमा गर्दै हुनुहुन्छ ?
स्वास्थ्य, शिक्षा जस्ता अतिनै संवेदनशील विषयहरुमा स्वास्थ्य, शिक्षा सबैको पहुँचमा पुग्नु पर्छ भन्ने नै हो । हाम्रा आठवटा वडाहरु मध्ये ६ वटा वडाहरुमा मात्र स्वास्थ्य सेवा त्यहाँका जनताहरुले पाई रहेका थिए भने हाल आठवटै वडाहरुमा स्वास्थ्या सेवा पाई रहेका अवस्थाहरु छन् । औषधिको कमीकमजोरी त होलान् । हामीले त्यसलाई युद्ध स्तरबाटै सरल र सहज बनाउदै लैजाने तयारीमा छौं ।

निर्वाचन ताका गरेका प्रतिबद्धताहरु के-के थिए ? महत्वकांक्षी योजनाहरु पुरागर्न बजेटहरुको व्यावस्थापन कसरी जुटाउदै हुनुहुन्छ ?
निर्वाचनका बेला व्याक्तिगत रुपमा मेरा केहि प्रतिबद्धताहरू थिएहोलान् र नभएका हैनन् तर म यसलाई पार्टीको प्रतिबद्धता भन्न रुचाउछु । बाटा घाटा पुल पुलेसा,जनताको स्वाथ्यमा पहुँच पुर्याउन , जनताका समस्याहरु शिक्षा स्वास्थ्या सबैको पहुँचमा पुग्नु पर्छ भन्ने,किसानले बिचौलियाद्वारा ठगिन र शोषणमा पर्ने भएकोले रानी पौवा बजारममै एउटा चिस्यान केन्द्र स्थापना गरी तरकारी भण्डार गर्ने तयारीमा पनि छौं । यहाँ बाट कृषकहरुले प्रत्यक्ष लाभ पाउने छन् । जहाँ सम्म बजेटको कुरा गर्नु भयो,जस्कालागी संघिय सरकार,प्रादेशिक सरकार बाट प्राप्त अनुदान तथा हामीले उठाएको आन्तरिक राजश्व बाट नै परिचालन गर्ने हो ।

तपाईको कार्यकालभरी गाउँ पालिकालाई विकासको कुन चरमचुली सम्म पुर्याउने हो ? कल्पना गर्नु भएकोहोला नि ?
मेरो कार्यकालमा यस गाउँ पालिकालाई विशेषगरी पर्यटकिय क्षेत्र घोषणा मात्र भएको छ । कार्यन्वयन भएको छैन । यसलाई व्यवस्थित गर्ने, यातायातका सुविधा, पर्यटकलाई उत्साहित गरेर पर्यटन क्षेत्रलाई निजि क्षेत्र संग हातेमालो गर्दै जाने हो । थोरै भौगोलिक विकटता विच माथिल्लो निकाय समेतको समन्वयमा पुरा गर्न हाम्रो टिम दिनरात नभनी लागि रहेका छौं । मेरा कार्यकाल भरिमा जनताले परिवर्तनको प्रत्यक्ष अनुभूति गर्ने खालको कामहरु गर्दै जाने मेरो लक्ष्य छ ।

निर्वाचन पश्चात तपाइँ जस्तो युवा संघर्षशील, साहसी त्यसमाथि पनि महिला नेतृत्व पाएको छ । कस्तो लागि रहेको छ तपाईलाई ? बताई दिनुस न ।

निर्वाचनपछि यहाँका जनताहरुले यिनलाई जिताएको खण्डमा हाम्रो विकास र समस्याका लागी खुलेर लाग्ने छन् भन्ने एउटा अपेक्षाका साथ भोट दिएका हुन् । आफ्ना पिडा सुनाउन, समस्याका सामाधान गरि देलान् भनेर नै मलाई भोट दिएका हुन् । मैले न्यायिक क्षेत्रमा काम गर्ने भएकोले न्यायिक क्षेत्रमा काम गरि रहेको म सुनाउन चाहन्छु । धेरै भन्दा धेरै मुद्धाहरु चाङ्ग मै छन् हाम्रो गाउँ पालिकामा । यसका समाधानका लागी मैले धेरै ठुलोपहल गरि रहेको छु । महिला विकासका लागी १६ लाख छुट्याइ सकेका छौं । जसरी पनि जनताको कामगर्ने हो । जसरी हुन्छ जनताले चाहेका समस्याको समाधान गर्न तल्लिन छु ।

हिन्दुहरुको महान चाड दशैँ, तिहार तथा छठ पर्व नजिकिदै गएको छ । यहाँका शुभेच्छुक,शुभचिन्तकहरुलाई के भन्नुहुन्छ ?
मेरा शुभेच्छुक, शुभचिन्तक बुवा-आमा र देश बिदेशमा रहनु भएका नेपाली दिदी बहिनीहरुलाई आउदै गरेको दशैँ तिहार तथा छठको उपलक्षमा शु-स्वाथ्य, दिर्घायु तथा उतरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना यक्त गर्न चाहन्छु ।

Loading...