थाईलाण्डमा ज्योमो गाङ फिल्म अवार्ड कार्यक्रम सम्पन

थाइल्याण्ड - नेपालको आदिबासी जनजाति चलचित्रको प्रबद्र्धन गर्ने उदेश्यले थाईलाण्डमा बुधबार साँझ ज्योमो गाङ फिल्म अवार्ड कार्यक्रम सम्पन भएको छ । नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरि बिश्वकै एक आकर्षक पर्यटकिय गन्तब्य रहेको मुलुक थाईलाण्डमा हुकुम मल्टिमिडिया प्रा. लि ले अवार्ड कार्यक्रमकोे आयोजना गरेको हो । द सिसन होटल पटैयामा सम्पन्न अवार्ड कार्यक्रम लाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अथिति आदिबासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुबारले नेपालको मौलिकपन आदिबासी जनजाति चलचित्रमा रहेको हुदाँ देश बिदेशमा आदिबासी…

“फिल फिल जामा” बोलको नयाँ तामाङ्ग सेलो गीत सार्वजनिक (भिडियो सहित)

ईन्द्र जिजीबिषा - काठमाडौ । "फिल फिल जामा" बोलको नयाँ तामाङ्ग सेलो गीत सार्वजनिक भएको छ । भक्तपुरमा एक कार्यक्रमको आयोजना गरेर उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गायक चन्द्र दोङ्ग लामाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै "फिल फिल जामा" बोलको गीत र म्युजिक भिडियो आफूलाई निक्कै राम्रो लागेको बताए । विरे तामाङ्ग र जितु लोपचनको स्वरमा रहेको उक्त गीतलाई तामाङ्ग दोहोरि भनिए पनि यो गीत डान्सिङ्ग रहेको छ । कुमार स्याङ्ग्बोको शब्द रचना रहेको यो गीतको संगीत भने बिशाल कल्तानले गरेका…

विजयले ल्याए ‘सयौँ तारा’ (भिडियोसहित)

काठमाडौँ । गायक विजय मुकारुङ राईद्वारा स्वरबद्ध ‘सयौँ तारासँग भिख मागेर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बालकुमार गौतमको शब्द रहेको गीतमा रमेश सुनुवारले सङ्गीत दिएका छन् । सङ्गीत संयोजन पदम बिसीले गरेका छन् । भिडियो बुढासुब्बा म्युजिकको युटुब च्यानलमार्फत् सार्वजनिक भएको हो । कृष्ण तामाङद्वारा निर्देशति भिडियोमा सुमन, सुजा, साहिल, सलिना र चन्द्रको अभिनय रहेको छ । भिडियो छायाङ्कन तथा सम्पादन तिलक रिजालले गरेका छन् शृङ्गार कृष्ण सुवेदीको रहेको छ । म्युजिक भिडियो यहाँ हेर्नुहोला 

उपमेयर तारा पराजुलीको ‘सहारा हौ’

काठमाडौँ । कवि तथा गीतकार तारा पराजुलीद्वारा रचित प्रेमपरक गीत ‘सहारा हौ मेरो दिलमा घर गरेको मान्छे तिमी, सत्य हजुर हजारौँमा मन परेको मान्छे तिमी’ बोलको गीतमाथि निर्मित भिडियो सार्वजनिक भएको छ । भिडियो ओएसआर डिजिटलको युटुब च्यानलमार्फत् सार्वजनिक भएको हो । मोरङको बेलबारी नगरपालिकाकी उपमेयरसमेत रहेकी ‘अर्को राजमार्ग’ कविताकृतिकी सर्जक गीतकार पराजुलीको गीति–रचनामा सङ्गीतकार भीम बिसीद्वारा सङ्गीतबद्ध गीतमा स्वयम् बिसी र गायिका सरु गौतमको सुमधुर स्वर रहेको छ । सङ्गीत संयोजनचाहिँ पुष्कर सुनुवारको रहेको छ । सुन्दर लोकेशनमा…

तामाङ्ग भाषामा “मुग्लान” बोलको म्युजिक भिडियो सार्वजनिक (म्युजिक भिडियो सहित)

ईन्द्र जिजीबिषा - काठमाडौ । निमा दोङ्ग र जितु लोप्चनको स्वरमा रहेको नयाँ तामाङ्ग गीतको म्युजिक भिडियो एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरिएको छ । परदेश गएका श्रीमान् र घरदेशमा रहेको श्रीमती बीच रहेको कथालाई "मुग्लान" बोलको म्युजिक भिडियोमा देखाईएको छ । यति मात्रै हैन म्युजिक भिडियो भित्र कुनै पनि महिलाको श्रीमान् परदेशमा रहदा घरदेशमा रहेकी श्रीमतीले भोग्नु परेको बुहार्तन र समाजको नकारात्मक दृष्टि र त्यस्ता कु-बिचार र कु-दृष्टि राख्ने व्याक्तिलाई सवक सिकाईएको पनि म्युजिक भिडियोमा देखाईएको छ । सार्वजनिक म्युजिक भिडियो…

पठन अवरोधन एवम् सांस्कृतिक अनुवाद सम्बन्धी विचारगोष्ठी

२०७६ माघ, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (अनुवाद) विभागद्वारा माघ ३ गते शुक्रबारका दिन ‘पठन अवरोधन र नयाँ ज्ञानको सेतु सांस्कृतिक अनुवाद केही दृष्टान्त एवम् परिचर्चा’ विषयक अनुवाद सम्बन्धी विचारगोष्ठीको आयोजना गरियो । गोष्ठीलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले अनुवाद सरल र सम्प्रेषणीय हुनुपर्नेमा जोड दिनुभयो । उहाँले अनुवादले नै एक भाषाबाट अर्को भाषालाई जोड्ने भएको हुँदा त्यो सम्प्रेषणीय हुनैपर्ने जिकिर गर्नुभयो । उहाँले असमका नेपाली लेखकहरूले आफ्नो पितृभूमिको भाषामा…

सिक्किमका साहित्यकार पवन चामलिङको स्वागतमा कार्यक्रम

२०७६ माघ २ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आज बिहीबार भारतको सिक्किमका वरिष्ठ साहित्यकार एवम् पूर्र्व मुख्यमन्त्री पवन चामलिङ ‘किरण’को स्वागतमा ‘भेटघाट कार्यक्रम’ आयोजना गरियो । प्रज्ञा भवन, कमलादीमा आयोजित कार्यक्रममा साहित्यकार तथा पूर्व मुख्यमन्त्री चामलिङलाई कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ, वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले माला र दोसल्ला ओढाउनुका साथै आँखीझ्यालसहितको सम्झनाको चिनो उपहार दिएर सम्मान गर्नुभएको थियो । उक्त अवसरमा उहाँलाई ‘नेपाली बृहत्…

चलचित्र ‘माइकल अधिकारी’को छायाँकन शुरु

काठमाडौ - चलचित्र ‘माइकल अधिकारी’को छायाँकन शुरु भएको छ । माघे संक्रान्तिको अवसर पारी बुधबारबाट झापाको बिर्तामोडमा चलचित्रको छायँकन शुरु गरिएको हो । छायाँकन आरम्भ गर्नुअघि पत्रकार सम्मेलनको आयोजना गरि चलचित्रको बारेमा औपचारिक जानकारी दिइएको थियो । भाडाको कोख अर्थात सरोगेशीको कथामा निर्माण हुने चलचित्रमा सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भुमिका रहने छ । सौगात र सृष्टीसँगै चलचित्रमा अशान्त शर्मा, एनी कुँवर, हेमन्त बुढाथोकी, बिद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा, बिट्रिनी कलाकार जमाइका टोम्स सहित झापाको चर्चित नाट्य समुह…

काठमाडौंको बौद्धमा गोली चल्यो

काठमाडौं । काठमाडौंको बौद्धमा गोली चलेको छ । गुण्डा भनेर चिनिएका विष्णु लामालाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो । महानगरीय प्रहरी वृत्त, बौद्धको टोलीसँग जम्काभेट भएपछि भाग्न खोज्दा गोली चलाइएको जनाईएको छ । ‘विशेष सूचनाको आधारमा जम्भुडाँडा गएको प्रहरी टोलीले तामाङलाई भेटेपछि भाग्न खोजेपछि घुँडामुनि गोली हानिएको हो बताईएको छ । अहिले उपचारको लागि वीर हस्पिटलमा लगिएको छ । प्रहरीका अनुसार तामाङमाथि २०७५ साल भदौमा मेडिकल कलेजका विद्यार्थीलाई खुकुरी प्रहार गरेर घाइते बनाएको अभियोग छ । त्यस्तै, ०७३ सालमा…

मन्त्री नेम्बाङद्वारा राँके–रवि–भेडेटार सडकको स्थलगत अनुगमन

२०७६ पुस, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्बाङ आफ्नो मन्त्रालय अन्तरगतका कामहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउन सक्रिय रूपमा लागिपरेका छन् । यसै क्रममा उनले पूर्वी पहाडी जिल्लाहरू जोड्ने निमर्काणाधिन राँके–रवि–भेडेटार सडकको स्थलगत अनुगमन गरेका छन् । सडक निर्माणको काममा ढिलासुस्ती आएपछि मन्त्री नेम्बाङ आफैँ स्थलगत अनुगमनमा पुगेका हुन्् । अनुगमनका क्रममा उनले स्थानीय जनप्रतिनिधि, ठेकेदार, स्थानीयबासी र सरोकार पक्षसँग छलफल गरेका छन् भने समयमै काम सक्ने वातावरण बनाउन पाँचथर, इलाम र धनकुटाका प्रमुख जिल्ला…