एसएसओजि ग्रुपले ल्यायो दुईवटा म्युजिक भिडियो एकै साथ

प्रेममा धोका पाएपछि रेमनले गीत लेखेको खुलासा

0 1,654

ईन्द्र जिजीबिषा / काठमाडौ – एसएसओजि (Smule Singing Open Group) ले एकै साथ् दुईवटा म्युजिक भिडियो सार्वजनिक गरेको छ । काठमाडौको सोह्र खुट्टेमा एक कार्यक्रमको आयोजना गरेर “प्रेम बाट” र “चुल्ठिवाली” बोलको दुईवटा म्युजिक भिडियो बजारमा ल्याएको हो ।

कार्यक्रममा बोल्दै “प्रेम बाट” का शब्द रचनाकार रेमन राईले भने, साहित्य -संगीतको सृजना त्यति सजिलै हुन सक्दैन । गीत/साहित्य सृजना हुनलाई दुख, पिडा,चोट, हण्डर,ठक्कर खानुपर्छ या त खुसि प्राप्त गर्नु पार्छ । अनि मात्रै गीत/साहित्यको सृजना हुन सक्छ । यस्तै यो गीतको शब्द रचना गर्नुमा पनि यस्तै पिडाहरु लुकेको छ । आफूले जिवनमा नराम्रो धोका पाएपछि यो गीतको सृजना हुन पुगेको बताए ।

यस्तै कार्यक्रममा म्युजिक भिडियोका निर्देशक दिनेश माङ्मुले अलिक हतारमा काम गरिएको भएपनि आउट पुट भने राम्रो आएको बताए । गायिका निशा राई, संगीतकार ईशान राईले पनि आ-आफ्नो धाराणा राखेका थिए ।

“प्रेमबाट” मा स्वर निशा राईको रहेको छ भने, संगीत ईशान राईले गरेका हुन् । यो गीतको एरेन्ज भने महाराज थापाले गरेका छन् । मिलन क्षेत्री, सलिना घिसिङ्ग, अशोक लिम्बु र माया लामाले अभिनय गरेको यो गीतको म्युजिक भिडियोलाई भुपेन्द्र तुम्बाहाम्फेले छायांकन गरेका हुन् । विकास धमलाले सम्पादन गरेको यो गीतको म्युजिक भिडियोलाई दिनेश माङ्मुले निर्देशन गरेका हुन् ।
प्रेमबाटको म्युजिक भिडियो

यस्तै अर्को म्युजिक भिडियो “चुल्ठिवाली” पनि सार्वजनिक भएको छ । सुजन आङ्गदेम्बेको स्वरमा रहेको यो गीतलाई उदय नेम्वाङ्ग र सुजन आङ्गदेम्बेले संगीत गरेका छन् । यो गीतको एरेन्ज भने कृष्ण लिम्बुले गरेका हुन् ।

ह्यारी योञ्जन मेनुका साउदेन लिम्बुले अभिनय गरेको यो गीतको म्युजिक भिडियोलाई भुपेन्द्र तुम्बाहाम्फेले छायांकन र विकाश धमलाले सम्पादन गरेका छन् । यो म्युजिक भिडियोको निर्देशन पनि दिनेश माङ्मुले नै गरेका हुन् ।
चुल्ठिवालीको म्युजिक भिडियो

Loading...