कर वृद्धिको विरोधमा नवलपरासिमा जुलुस

0 845

नवलपरासी – अत्यधिक मात्रामा भएको कर वृद्धिको विरोधमा नवलपरासिमा विरोध जुलुस निकालिएको छ । सरकारले कर वृद्धि गरे संगै अहिले जनताहरु कर वृद्धिको विरोध गरि रहेका छन् । आर्थिक वर्ष सुरु भएपछि वृद्धि गरिएको करले गरिब जनताहरुको ढाँड सेकिएको भन्दै नेपालभरि आन्दोलन भईरहेको छ ।

यसैको विरोधमा नवलपरासिको वर्दघाटमा ई-रिक्सा मजदुरहरुले विरोध जुलुस निकालेका छन् । चर्को कर, महंगी, मौलाउँदै गएको सामाजिक अपराध, पत्रकार र सञ्चार माध्यममा लादिएको वैधानिक हस्तक्षेपकारी नीति लगायतका विरोधमा नवलपरासीको वर्दघाटमा आज ई-रिक्सा मजदुरूले जुलुस निकालेका हुन् ।

Loading...